२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

गोजु रियो कराते डो. मिसन इन्टरनेशनल जापानका संस्थापकलाई बेलहियामा स्वागत

शनिवार , कार्तिक २४, २०८१

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, २४ कार्तिक । गोजु रियो कराते डो. मिसन इन्टरनेशनल जापानका संस्थापक तथा वल्र्ड हेड मास्टर हांशी (ग्राण्ड मास्टर) केन्सु हाईडिओ वातानबे ‘नाइन डान’ लाई रुपन्देहीको बेलहिया नाकामा स्वागत गरिएको छ । शुक्रबार जापान गोजु रियो कराते डो. मिसन संघ, नेपालले उनलाई स्वागत गरेको हो । उनलाई फूलमाला र खादासहित सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ लगायतले स्वागत गरेका थिए ।

    तिलोत्तमाको भलवारीमा हुने अन्तर्राष्ट्रिय कराँते सेमिनार प्रशिक्षणका लागि आएका ८० वर्षि हांशीलाई स्वागत गरिएको हो । सो अवसरमा बोल्दै मेयर खाँले सरकारले खेलकुद क्षेत्रमा धेरै बजेट विनियोजन गरे धेरै अस्पताल नचाहिने बताए । उनले खेलकुदले मानिसको शारीरिक र मानसिक विकास हुने बताए । 

    कार्यक्रममा नेपाल कराते महासंघ लुम्बिनी प्रदेशका संरक्षक भरत बहादुर के.सी.ले ८० वर्षिय ग्राण्ड मास्टर रुपन्देहीमा आउँदा संसारको ध्यान अहिले रुपन्देहीमा रहेको बातए । 

    जापान गोजु रियो कराते डो. मिसन संघ, नेपालका संस्थापक तथा प्रमुख प्रशिक्षक के.बी. रानाको अध्यक्षता, लुम्बिनी खुकुरी क्लबका अध्यक्ष राम बहादुर बस्नेतको स्वागत तथा जापान गोजु रियो कराते डो. मिसन संघ रुपन्देहीका अध्यक्ष उमेश थापा लाटोमगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।