२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

जय छठ माता

बिहिवार , कार्तिक २२, २०८१

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • छठ माताको पूजा, शुद्ध मनको गहिराइ,
    सूर्य उपासना, पवित्रता यो जलको बगाइ ।
    इतिहासले बोकेको श्रद्धा, परम्पराको माया,
    मिथिलाञ्चल र सारा संसारको प्रेमले सारा जहाँसँग छाया ।

    घाटको किनारा, नदी, पोखरी, ताल,
    वेदिहरुमा सजिएको माताको अमर ख्याल ।
    भाइटीकाको भोलिपल्ट घर चोखो राख्ने प्रथा,
    मरुवा, माछा, मासु, लसुन, प्याज छोडेर माताको हृदयमा समर्पण भरथा ।

    नुहाए खाएपछि खरनाको अघिल्लो व्रत,
    खरमाथि बसेर दिनभरी माताको मनन, तप ।
    खिर–पुरी, केरा, मुलासँग अर्पण सन्ध्या बेला,
    सूर्य किरणमा सुरु हुन्छ माताको बाला ।

    साँझको अर्घ, बिहानको अर्घ, ३६ घण्टाको जलसम्मको त्याग,
    जल प्रसादसँग पूजा समर्पण, छठ माताको अनुराग ।
    ठकुवा, भुसवा, माटोको चुल्होमा पाक्ने,
    चामल, केरा, अकुडि, उखु, प्रसादको लहरमा हरेक मन झल्कने ।

    सुपो, ढकना, बहङिया, सर्बा, चङ्गेराको भर,
    छठ पूजाको साधना, घरघरको रहर ।
    छठको गीत बिनामा अधुरो, सारदा सिन्हाको स्वर,
    भैरहवामा आर्मी क्याम्पको पोखरीको हर्ष, श्रद्धाले भर भर ।

    पहिले आर्मी क्याम्पको सानो पोखरीबाट उठेको यो आस्था,
    आज आर्मी क्याम्पको पोखरी र हनुमान मन्दिरको पोखरीको गाथा ।
    कोरोनापछि घर–घरमा माताको पूजा,
    सार्वजनिक, निजी, सबै हृदयमा छठको माया ।

    आमाले लिएको व्रत, तिम्रो अटल माया,
    उहाँको स्वास्थको कामना, माताले चमत्कार ल्याया ।
    छठ माता, कृपा गर, आमा स्वस्थ होउन,
    तिम्रो प्रेमले हाम्रो घरमा पुनः हाँसो र आनन्द फुलाउन ।

    जय जय छठ माता, तिमीमा छ हाम्रो अटल विश्वास,
    तिम्रो प्रकाशले सबैको मनमा ल्याउ शान्तिको आभास ।
    हर दुःख दूर गर, हाम्रो हृदय तिमीलाई समर्पण,
    छठ माताको पूजा, सधैं रहिरहोस् यो स्नेह र सुमन ।

    छठ मैयाकी जय ।
    जय छठ माता कि ।