२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

खेल क्षेत्रको विकासमा कुनै कन्जुस्याइँ हुँदैन : प्रधानमन्त्री ओली

बिहिवार , कार्तिक १५, २०८१

  • 640
    Shares
  • 640
    Shares
  • काठमाडौं, १५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदा लगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । बिहीबार बालुवाटारमा राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कन्जुस्याइँ नगर्ने स्पष्ट पारे ।  

    उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउनेछन् । प्रधानमन्त्री ओलीले नेपाली टोलीको बङ्गलादेशविरुद्धको प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको उल्लेख गर्दै आगामी सातौं संस्करणमा हामी जित्छौँ भन्ने मर्मका साथ लाग्न आग्रह गरे । प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रंगशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि जानकारी दिए ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा बंगलादेशसँग फाइनलमा २–१ ले पराजित हुँदै नेपाल छैटौंपल्ट उपविजेता भएको थियो ।