२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

कि स्वतन्त्रता केवल नामको भयो ?

मंगलवार , आश्विन २९, २०८१

लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्रका कुरा,
शान्ति र न्यायका मीठा सपनाहरू सारा ।
तर, यहाँ त दलको खेल, स्वार्थको लिला,
न लाग्नेहरूको लागि किन यस्तो पीडा ?

दलमा नभए मान्छे किन पराइ हुन्छ,
कामका बाटा किन बन्द हुन्छ ?
के तटस्थ हुनु अपराध भयो ?
कि स्वतन्त्रता केवल नामको भयो ?

न लिने जो कोहीको पक्ष, न त विरोध,
सक्छु म आफूलाई राख्न सरलमा, निर्दोष ।
तर, दलका मानिस हेर्छन् तिरस्कारले,
म कहाँ छु ? म कहाँ पुगु यस समाजले ?

दुखेको मनले सोध्छ दिनहुँ रातमा,
के यो हाम्रो तन्त्र हो, कि खेल हो जातमा ?
स्वतन्त्रता, तटस्थता खोइ यहाँको आश ?
कि हामी तिम्रा निम्ति मात्र एक उपहास ?

आँखामा आँसु, मनमा गहिरो घाउ,
तर, सोच्छु कहिल्यै टुट्ने छैन मेरो नाउ ।
न म झुक्छु कुनै दलका मर्नुअघि,
सक्छु, तटस्थ बाँच्नु, यो मेरो साधना सधैं ।

बिन्ती छ तिमीलाई, लोकतन्त्र ! सुािदेऊ आवाज,
तटस्थको पनि छ यो देशमा गहिरो ध्यास ।
सामान्य अधिकार दिउँ, सबलाई मिलि,
बाँच्न देऊ स्वतन्त्र, न दलको जालमा बिलि ।