images

सोमवार, बैशाख १७ गते २०८१

म को हुँ ?

म को हुँ ?

images
images
images
शनिवार, फाल्गुण २२ २०७७
शनिवार, फाल्गुण २२ २०७७
  • म को हुँ ?

    थोरैको रहर र धेरैको करकोबीचमा हुर्किएको ।
    समानताको अर्थ खोज्दै सधै रुमलिएको ।।
    भाइ जन्मिदा घरमा खसी काटिएको ।
    म जन्मेको दिनमा आमाले अपहेलित हुनुपरेको ।।
    हो म त्यही हुँ एक नारी..................

    सानैमा हजुरआमाले कुच्चो समात्न सिकाएको ।
    आमाले मेरो दौरा खोसी जामा लगाइदिएको ।।
    मेरा साना हातहरुमा बालेपुतली थमाई दिएको ।
    तैले धेरै बोल्न हुन्न भनी हजुरबाको सधै हप्की खाएको ।। 
    हो म त्यही हुँ एक नारी..................

    त् अरुको घरको नासो होस् भनी सधै सुन्नुपरेको । 
    जन्मेको आफ्नै घरमा पनि पराई हुनु परेको ।।
    भाइ किताब च्यापेर बोर्डिंग स्कूल पढ्न जाँदा ।
    म हातमा लौरो बोकी गोठालो हिड्नुपरेको ।।
    हो म त्यही हुँ एक नारी..................

    घरको कुनै शुभ कार्य हुँदा छुट्टै बस्न लगाइएको ।
    घरको निर्यण प्रक्रियामा अर्थहीन सहभागिता गराइएको ।।
    मेरा हरेक चाहनालाई सधै कुण्ठित बनाइएको ।
    अरुका उज्यालोका निम्ति हरेक दिन स्वयं बल्नु परेको ।। 
    हो म त्यही हुँ एक नारी..................

    नारी दुर्गा, माता, सरस्वती हुन् भनी सधै भन्ने गरिएको ।
    अरुका स्वार्थका लागि हजारौं पटक प्रयोगमा ल्याइएको ।।
    आफ्नै पहिचानका लागि आफैसंग सधै लड्नु परेको ।
    अरुका हरेक खुशीका लागि आफु सधै जल्नु परेको ।।
    हो म त्यही हुँ एक नारी..................


    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij