
बिहिवार , श्रावण २२, २०७७
भैरहवा, २२ साउन ।
जापानमा रहेर पनि नेपाली गीत संगितमा आफ्नो दरिलो उपस्थिति जनाइरहेका लोकप्रिय गायक तथा सर्जक प्रेम सापकोटा सोनु र शान्ता जिसीको तीज गीत ‘बाहिर कुरा नगरे सैंले’ बजारमा सार्वजनिक भएको छ ।
निरन्तर तीजमा आफ्नो कोशेली पस्कने शान्ताले यसपाली माया प्रेममा जोडिएका प्रेमी जोडीहरुको प्रेम कथालाई प्रेमले गीतमा उतारेकी छन् ।
गीतमा प्रेम सापकोटा सोनुको लय तथा शब्द सिर्जना गरेकी छन् भने आवाज सोनु र शान्ता जिसीको रहेको छ ।
गीत सार्वजनिक शान्ता जिसीले आफ्ना पहिले पहिलेका गीतलाई धेरै दर्शक स्रोताले मन पराइदिनुभएकोले पछिल्लो यो गीतलाई पनि सबैले अझ मन पराउनुहुनेछ भन्नेमा आशावादी रहेको बताएकी छन् ।
तीजको बेला आफ्नो परम्परा र संस्कृतिकलाई जोगाउनको लागि भए पनि तिज गित बजारमा लिएर आएका छौ । शान्ताले सबैले एकपटक हेरेर राम्रो नराम्रो आ–आफ्नो प्रतिकृया दिन आग्रह समेत गरेकी छन् ।
सार्वजनिक गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनेको छ । गीतलाई प्रकाश धमलाले सम्पादन गरेका छन भने सुरेश श्रेष्ठले छायांकन गरेका छन् । गीतलाई अहिलेकी ख्यातीप्राप्त चर्चित निर्देशक स्मृति तिमिल्सिनाले निर्देशन गरेकी छन् ।
अहिलेका चर्चित मोडल चक्र बम र नृत्यांगना अञ्जली अधिकारीको उत्कृष्ट अभिनय रहेको छ भने गीतलाई प्रेम साप्कोटा सोनुको यु–ट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij