images

शुक्रवार, बैशाख २१ गते २०८१

चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०७७ सुरु

चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०७७ सुरु

images
images
images
शुक्रवार, फाल्गुण १४ २०७७
शुक्रवार, फाल्गुण १४ २०७७
  • चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०७७ सुरु

    बुटवल, १४ फागुन ।
    चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०७७ सुरु भएको छ । एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरे । कार्यक्रममा बोल्दै नगरप्रमुख सुवेदीले कोभिड–१९ संक्रमण न्युनीकरणसंगै खेलकुद गतिविधि बढेको बताए । सरकारको गतिविधिसंगै खेलमा समेत लगानी गरिरहेको उनले बताए । नगर खेलकुद विकास गठन गरी नगरका सबै खेल गतिविधिलाई व्यवस्थापनका काम अघि बढाएको उनले बताए । नगरभित्र रहेका खेलमैदानहरु स्तरोन्नति गर्ने काम गरेको बताए । 

    नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणाले कोभिड–१९ को संक्रमण कम हुँदै गर्दा देशमै पहिलो खुल्ला प्रतियोगिता आयोजना गरेर खेलाडीहरुको हौसला बढाउने काम बुटवलले गरेको बताइन् । 

    कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका केन्द्रीय सदस्य दिर्घ बहादुर केसीले खेलकुद क्षेत्रको विकासमा तीन तहकै सरकारबाट सहयोग जरुरी रहेको बताए । प्रतियोगिता आयोजना गर्न आर्थिक, भौतिक कठिनाई रहने भएको भन्दै यस क्षेत्रको प्रतिष्ठित तिलोत्तमा गोल्डकप आयोजना गर्न समस्या भएको उनले दुखेसो गरे । खेलकुद आयोजनाका लागि स्थानीय सरकारको मुख्य सहयोग जरुरी रहेको उनले बताए । 

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले काठमाडौ सम्पन्न टिम टेनिस नेपाल जुनियर प्रिमियर नेशनल प्रतियोगितामा रुपन्देहीबाट पदक जितेका निश्चल ज्ञवाली, संघर्ष फौदार, ब्रिजेश अर्याल र योगेश ज्ञवाली तथा प्रशिक्षक विकास खड्कालाई नगदसहित सम्मान गरेका छन । मन जयन्कर टेनिस एकेडेमीका अध्यक्ष मनोज राणाले रुपन्देहीलाई बल हस्तान्तरण गरेका छन । 

    प्रतियोगिता आयोजनाका लागि खेलाडीहरुबाट नै आर्थिक श्रोत संकलन गरिएको संघका अध्यक्ष सञ्जय श्रेष्ठले बताए । ‘तेस्रो खुला लनटेनिस राष्ट्रिय प्रतियोगिता सकेसंगै कोभिड–१९ को संक्रमणका कारण देशभरको खेल गतिविधि रोकिएको थियो ।’– उनले भने । हामीले नै फेरी अहिले रुपन्देहीबाट खेल गतिविधि सुरुवात गर्न लागेको उनले बताए । नेपालका रेकिङ खेलाडीसहित देशभरबाट खेलाडीहरु भित्रने उनले बताए । यो एउटा कुम्भ मेलाकै रुपमा चल्न थालेको उनले बताए । 

    प्रतियोगिताको पहिलो दिन पुरुष सिंगलतर्फ पोखराका निरज गुरुङले बुटवलका दिपक अर्याललाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दै दास्रो चरणमा प्रवेश गरेका छन । त्यसै गरी पोखराका अंकित अधिकारीले बुटवलका कृष्ण बस्याललाई ६–०, ६–० ले पराजित गरेका छन । पोखराका प्रान्जवल कायस्थले अभिनव आचार्यलाई ७–५, ६–२ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । 

    त्यसै गरी वोमन्स सिंगलतर्फ ईशाश्री शाहले प्रकृति श्रेष्ठलाई ६–०, ७–६ तथा अर्को खेलमा मायाङका राणाले सर्वानी श्रेष्ठलाई ३–६, ६–१, ६–२ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । lawn tenis (5).jpg
    त्यसै गरी ३५ प्लसमा बुटवलका गोपाल ज्ञवाली, पोखराका राजन पौडेल र बुटवलका रामु वि.क. विजयी भएका छन । त्यस्तै ४५ प्लसतर्फ चन्द्र शाही युएममी, अर्जुन गुरुङ, दोर्जे लामा, गोपी भट्टराई, धर्म लामिछाने, लोक गुरुङ, उत्तम बोगटी, बिमल वाइवा विजयी हुँदै क्वाटरफाइनलमा स्थान बनाएका छन । 

    वोमन्स डबल्सतर्फ मायाङका राणा र प्रेरणा कोइरालाको जोडीले ईशाश्री शाह र सर्वानी श्रेष्ठको जोडीलाई ६–०, ६–२ ले पराजित गरेका छन भने मेन्स डबल्सतर्फ प्रनव खनाल र सन्तोष खत्रीको जोडीले सौगात वि.क. र विष्णु नेपालीको जोडीलाई ६–०, ६–० पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन । भिष्म काउचा र अन्जन थिङको जोडीले दावा शेर्पा र अविनव आचार्यको जोडीलाई ४–६, ६–१, १०–४ को सेटमा पराजित गरेका छन् । 

    प्रतियोगितामा सिंगलतर्फ १ सय ३ जना खेलाडी र डबल्सतर्फ १ सय ३७ खेलाडीले भाग लिएका छन् । प्रतियोगिता पुरुष एकलतर्फ एकल, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि गरि ४ ईभेन्टमा, त्यसै गरी महिलामा एकल खुल्ला, पुरुष युगलतर्फ खुल्ला युगल, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि गरी ४ ईभेन्ट, महिला युगलतर्फ युगल खुल्ला गरि कुल १० इभेन्टमा हुने उनले बताए । प्रतियोगिताको पुरुष÷महिला सिगलतर्फ उपाधि विजेताले नगद ४५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । त्यसै गरी सिंगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेताले क्रमश नगद २० हजार र १० हजार, ४५ वर्षमाथिका विजेता र उपविजेताले क्रमश १५ हजार र १० हजार तथा ५५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेताले क्रमश १० हजार र ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

    डबल्सतर्फको प्रतियोगिता अन्तरगत पुरुष डबल्स÷महिला डबल्सको उपाधि विजेताले नगद १५ हजार, उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । 

    त्यसै गरी डबल्सतर्फ ३५/४५/५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमशः नगद १५ हजार र १० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।  

    images
    images
    images

    प्रतियोगिताको १० विधामा पुरस्कारका लागि मात्र ३ लाख ५० हजार रुपैयाँ खर्च हुने खेल संयोजक तथा संघका सचिव गोपाल ज्ञवालीले बताए । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १६ लाख खर्च हुने अनुमान आयोजकको छ । गत वर्ष सम्पन्न तेस्रो खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि बुटवलका युवा खेलाडी रितिक रानाले चुमेका थिए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij