बि.स २०३२ सालमा अन्तराष्ट्रिय जेसिजको आस्था र दाहित्वलाई मुलमन्त्र बनाई मन, बचन र कर्मद्धारा बिभिन्न खालका तालिमको माध्यमबाट युवाहरुको नेतृत्व र ब्यक्तित्व विकास गर्दै समाज रुपान्त्रण गर्ने लक्ष्यका साथ जेसिआई सिद्धार्थ नेपालको स्थापना भएको थियो । स्थानिय युवाहरुद्धारा स्थापित जेसिआई सिद्धार्थ नेपाल देशभर रहेका जेसीज शाखाहरु मध्य महत्वपुर्ण शाखाको रुपमा लिईन्छ । जेसीज अभियानमा लामो यात्रा पार गरेको जेसिआई सिद्धार्थ नेपालले सवल र सक्षम युवाहरु उत्पादन गरिरहेको छ । नेपाल जेसीजको लागि थुप्रै कार्यकारिणी उपाध्यक्ष र राष्ट्रिय उपाध्यक्ष जन्माई सकेको छ । ४३ जना पुर्व अध्यक्षहरुले जेसिआई सिद्धार्थ नेपालको नेतृत्व हाँकी सकेका छन् । जेसिआई सिद्धार्थ नेपालको ४४ औं शाखा अधिवेशनबाट वर्ष २०२०का लागि सफल र सक्षम युवा मंगल भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् । सामाजीक क्षेत्रमा सबैका लागि चर्चित नाम हो मंगल भण्डारी । निकै सरल र स्वाभिमानी स्वभावका धनी भण्डारी सामाजिक क्षेत्रका साथै व्यवसायिक क्षेत्रमा पनि उत्तिकै परिचित छन् । सबैसंग उत्कृष्ट व्यवहार गर्न सक्ने क्षमता भएका भण्डारी सबैका प्रिय छन् । समाजका लागि केहि परिर्वतनकारी काम गर्ने व्यक्तिको रुपमा चिनिने भण्डारी बिभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएर काम गरिरहेका छन् । आफुभन्दा कम भाग्यशालीहरुका लागि काम गर्ने लायन्स क्लव, रोटरी क्लव देखि युवाहरुको क्षेत्रमा सक्रिय सामाजिक सस्था जेसिजको अभियानमा सक्रिय रहेका छन् भण्डारी । व्यवसायिहरुको छाता संस्था सिद्धार्थ उद्योग बाणिज्य संघमा लामो समयदेखि आबद्ध भएर काम गरिरहेका छन् । बिगत १४ बर्ष देखि जेसिज अभियानमा लागेका भण्डारी यतिबेला जेसिआई सिद्धार्थ नेपालको अध्यक्ष पदमा रहेर काम गरिरहेका छन् । उनी जेसिजको अध्यक्ष पद सम्हालेर काम गर्न लागेको ६ महिना चल्दै गरेको छ । अध्यक्ष भण्डारीसंग जेसिजको अभियानबारे केन्द्रित रहेर खबरपात्राले लिएको अन्तर्वार्ताको सम्पादीत अंश ।
जेसीज अभियान भनेको के हो ? यस बारे बताइदिनुस न ।
जेसीजको अवधारणाको बारेमा केहि अन्यौलता रहेको मैले पनि सुनेको छु । खास गरी कहिले काँही कार्यक्रमहरुमा विभिन्न व्यक्तित्वहरुले जेसीजलाई समाज सेवा गर्ने संस्थाको रुपमा लिएको पाईन्छ । तर अन्य संस्था र जेसीजमा फरक छ । जेसीज भनेको युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था हो । यो समाज सेवा गर्न भन्दा पनि व्यतित्व र नेतृत्व बिकास गर्न खोलिएको संस्था हो । यो संस्थाको केन्द्र विन्दु व्यक्ति (मानिस) हो । सामान्य अवस्थामा जन्मेर मात्र कोही पनि सक्षम वा असक्षम हुदैन । प्रत्येक मानिस भित्र प्रतिभा हुन्छ र उक्त प्रतिभालाई प्रस्फुटन गराउन उपयूक्त अवसरको आवश्यकता पर्दछ । जेसीजले आफ्ना सदस्यहरुलाई उपयूक्त अवसरहरु उपलब्ध गराएर उनिहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई तिनिहरुको व्यक्तित्वको विकास गर्दैैै असल नेतृत्वको लागि सक्षम बनाउँछ । समाजको लागि सक्रिय नागरिक उत्पादन गर्ने अभियानमा जेसीज लागेको छ । समष्टिगत रुपमा जेसीजले मानविय विकासमा बढि जोड दिएको छ किन भने सक्षम मानिसहरुको विकास हुन सकेमा समाज, राष्ट्र र विश्वको स्वतः विकास हुन्छ।
जेसीजले बुझाउन खोजेको नेतृत्वको स्वरुप कस्तो हो ?
नेतृत्व शब्द सुन्नासाथ प्रायः हाम्रो समाजमा त्यसको अर्थ राजनीतिसँग जोडेर हेर्ने गरेको पाईन्छ । नेता भनेकै राजनीतिमा लाग्ने व्यक्ति हो भन्ने बुझाई छ । तर जेसीजले नेतृत्वको विकास गराउने भनेको राजनैतिक नेताको उत्पादन गर्नु मात्र नभई बिभिन्न क्षेत्रमा काम गर्न सक्षम होउन भन्ने हो । प्रत्येक व्यक्तिले कुनै न कुनै रुपमा कहिं न कहिं नेतृत्व गरी नै रहेको हुन्छ । तर उनीहरुले त्यो महशुस गरेका हुँदैनन् । क्याम्पस प्रमुख, कार्यालय प्रमुख, शाखा प्रबन्धक, शिक्षक, प्रशासक, अभिभावक, पसलको प्रोपाईटर, अध्यक्ष, सचिव, कोषाध्यक्ष, विभागीय प्रमुख यी सबै नेतृत्वका स्वरुप हुन् । यस स्वरुप भन्दा बाहिर सायद नै कुनै मानिस पर्दछ । यसरी नेतृत्व गर्दा लक्ष प्राप्तीका लागि मानिस भित्र आधारभूत क्षमताको आवश्यकता पर्दछ । जस्तै निर्णय गर्ने क्षमता, लक्ष्य निर्धारण क्षमता, प्रभावकारी भाषण कला क्षमता, उत्प्रेरणा गर्ने क्षमता, संगठन गर्ने क्षमता, प्रभावकारी जनसम्पर्क आदि क्षमताहरुको आवश्यकता पर्दछ । यस्ता सम्पूर्ण विषयहरुको सम्बन्धमा जेसीजले प्रशिक्षण दिने गर्दछ । जेसीजलाई अनौपचारिक विद्यालय पनि भन्न सकिन्छ अर्थात जेसीज युवाहरुका लागि विश्वव्यापी विश्वविद्यालय हो। जहाँ व्यक्तित्व र नेतृत्व क्षमताको विकास गराईन्छ । यस अर्थमा जेसीज अन्य संस्था भन्दा फरक छ ।
जेसीजले दिने नेतृत्व विकास तालिमले समाजमा के परिवर्तन ल्याएको छ त ?
जेसीजको तालिमले धेरै ठुलो परिवर्तन ल्याएको छ । नेतृत्व र ब्यक्तित्व विकाससंगै जेसीजले संसदिय बैठक प्रणालिमा रहेर बैठक सञ्चालन गर्दछ । नेपालमा संसदिय बैठकको सुरुवातमा जेसीजका प्रशिक्षकहरुले सहजिकरण गरेका इतिहास हामीले पढ्न पाउँछौं । नेतृत्वकै कुरा गर्ने हो भने नेपाली राजनीतिमा जेसीजकै सदस्यहरु उच्च पदमा रहेर काम गरी राख्नु भएको छ । जेसिआई सिद्धार्थ नेपालमा आबद्ध भएर थुप्रै व्यतित्व नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष र राष्ट्रिय उपाध्यक्ष भई सक्नु भएको छ । जेसिआई सिद्धार्थको नेतृत्व गर्नु भएका व्यक्तिहरु आदित्य नारायण कसौधन संबिधान सभा सदस्य, प्रा.डा. शम्भुप्रसाद गुप्ता त्रिभुवन बिश्व बिद्यालयको प्राध्यापकमा, केवि पौडेल नेपाल वायुसेवा नीगमको महाप्रबन्धक, सुर्दशन प्रसाद नेपाल प्राध्यापक तथा नेपाल रेडक्रसको उपाध्यक्षमा, कमलराज जोशी बरिष्ठ अधिबक्ता, महेन्द्र कुमार श्रेष्ठ सिद्धार्थ उद्योग बाणिज्य संघको अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य, रामकुमार शर्मा सिद्धार्थ उद्योग बाणिज्य संघको अध्यक्ष लगाएत थुप्रैले बिभिन्न निकायमा बसेर नेतृत्व गरिसक्नु भएको छ । कतिपय व्यक्तिले डुब्न लागेको ब्यवसाय जेसीजको तालिम लिए पछि राम्रोसंग सञ्चालन गर्न सक्षम युवाहरु हाम्रै साथिहरु हुनुहुन्छ ।
जेसिजको अध्यक्ष भएको ६ महिना भईसकेछ, यो अबधिमा तपाईले के के काम गर्नु भयो ?
म जेसिआई सिद्धार्थ नेपालको ४४ औ शाखा अधिबेशनबाट अध्यक्षमा निर्वाचित भएको थिए । माघ ४ गते भएको शाखा अधिबेशनबाट अध्यक्ष भएपछि माघ ११ मा नेपाली काग्रेसका नेता, पुर्व गृह मन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आथित्यता तथा यस क्षेत्रका प्रतिष्ठीत व्यत्तिहरुको उपस्थिीतिमा पदस्थापन कार्यक्रम भएको थियो । म अध्यक्ष भएको ६ महिना भएको छ । यो ६ महिनाको वीचमा मैले बिभिन्न काम गरिसकेको छु । शुरुमा हामीले भैरहवा स्थित सिद्धार्थ बाल गृहमा खाद्यन्न बितरण गरेका थियौ । त्यसपछि हामीले प्रजातन्त्र दिवसको अबसरमा भैरहवाको देवकोटा चोकमा दीप प्रज्वलन गरेका थियो । त्यस लगत्तै पारिवारिक जेसिज पिकनीक कार्यक्रम गरेका थियो ।
जेसिज युवाहरुको व्यत्तित्व र नेतृत्व बिकासमा केन्द्रित रहेर काम गर्ने सस्था भएकाले हामीले यस्ता खालका कार्यक्रमलाई पनि जोड दिने गर्दछौ । त्यसै क्रममा हामीले पुर्व मिस नेपाल सुगारिका केसिको प्रशिक्षणमा नेतृत्व बिकास कार्यक्रम गरेका थियो । जहाँ जेसिजको सवैजसो सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम निकै उपलब्धीमुलक रहेको थियो । त्यसपछि हामीले होली मिलन कार्यक्रम र कोभिड १९ सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरेका थियौ । त्यसपछि सरकारले चैत्र ११ देखि लकडाउन ग¥यो । हामी पनि लकडाउनमा बस्यौ ।
लकडाउनको अबधिमा तपाईहरुले केहि काम गर्नु भयो की यत्तिकै बस्नु भयो?
बिश्वमा नै माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट हामी नेपालीपनि अछुतो रहन सकेनौ । कोभिडको प्रत्यक्ष मारमा हामी नेपाली पनि प¥यौ । शुरुका केहि समय हामीलाई निकै डर र त्रास थियो । लकडाउन लम्बिदै गएपछि दिनभरी मजदुरी गरेर बिहान साझको जोहो गर्ने मजदुर बर्गलाई निकै समस्या परेपछि हामीले पुन जेसिज अभियानलाई सक्रिय पा¥यौ । त्यसपछि हामीले कोभिड १९ सम्बनी बिभिन्न कार्यक्रम ग¥यौ । हामीले बिपन्न परिवारका लागि खाद्यन्न बितरण गर्ने सोच बनायौ । सोहि अनुरुप ओमसतिया २ पड्सरी, ओमसतिया ४ बसन्तपुर, मायादेवि ८, सिद्धार्थनगर १, ५, ९ र १२ मा खाद्यन्न बितरण ग¥यौ । सिद्धार्थनगर नगरपालिकाको बिपत कोषमा २५ हजार ५ सय ५५ रुपैया सहयोग गरेका थियो । लक डाउनकै वीचमा अनलाईन ट्रेनिङ पनि ग¥यौ ।
खासमा जेसिज अभियान के हो । जेसिज अभियानलाई कसरी अगाडि बढाउदै हुनुहुन्छ ?
जेसिज अभियान भनेको युवाहरुको सक्रिय अभियान हो । युवाहरुको नेतृत्व र व्यत्तित्व बिकासका लागि जेसिजले अभियान चलाउने गर्दछ । नेपालमा जेसिज अभियानमा लागेको थुपै्र युवाहरुले राजनीतिक नेतृत्व सम्हालेका छन् । जेसिजमा लागेका युवाहरुमा नेतृत्व र वयत्तित्व बिकासमा निखरता ल्याउने गर्दछ । हामीले पनि अन्य कार्यक्रमहरु भन्दा तालिम र प्रशिक्षणमा आधारित कार्यक्रमहरु गर्दै आएका छौ । जेसिजको मेरो बाँकी कार्यकालमा पनि मैले तालिम तथा प्रशिक्षणका कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छु । अब गरिने कार्यक्रमहरुमा हामीले रक्तदान कार्यक्रम, जेसिज सप्ताह, उद्घोषण, व्यतित्व बिकास र संसदिय प्रणली तालिम गर्दै छौ । यसले जेसिजमा लागेका युवाहरुके व्यतित्व र नेतृत्व बिकासमा टेवा पु¥याउने छ। साथै स्वास्थ्य सम्बन्धी कार्यक्रम पनि गर्ने योजना बनाएका छौ।
जेसिज अभियानमा सस्थाका अन्य व्यक्तिले कत्तिको साथ र सहयोग प्रदान गरेका छन्?
जेसिज अभियान एक्लैले गरेर सम्भव नै छैन् । यो सस्था टिम वर्कमा आधारित भएर काम गर्ने सस्था हो। जेसिजले गर्ने प्रत्यक कार्यक्रममा जेसिजका सम्पुर्ण अग्रज, पुर्व अध्यक्षहरु, वोर्डका पदाधिकारी, जेसिज सदस्य सबैको पुर्ण साथ र सहयोग रहेको छ । पुर्व अध्यक्षहरुको मार्ग दर्शनका कारण नै जेसिजको शाख बढ्दै गएको हो । आगामि कार्यकाल पनि सबैको साथ, सहयोग र सल्लाहबाट नै अगाडि बढाउछौ ।