२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

रेडक्रस रुपन्देहीद्वारा रक्तदाताहरुलाई पदक तथा प्रशंसापत्र वितरण

शनिवार , आषाढ २, २०८१

  • 955
    Shares
  • 955
    Shares
  • भैरहवा, १ असार ।
    विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखाले भैरहवामा शुक्रबार पदक तथा प्रशंसापत्र वितरण समारोह गरी दिवस मनाएको हो । रेडक्रस रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले मानव सेवामा अग्रणी संस्था रेडक्रसको भूमिका सरकारको भन्दा बढी रहेको बताए । 

    कार्यक्रममा ५० पटक भन्दा बढी रक्तदान गर्ने ९ जनालाई स्वर्ण पदकसहित सम्मान गरिएको थियो । त्यसै गरी ४४ जनालाई रजत पदक र ७३ जनालाई प्रशंसा–पत्रले सम्मान गरिएको थियो।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष राजनजंग राणा, ५० पटक रक्तदान गर्ने मध्येबाट बुटवल उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष बल बहादुर पुन, स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, रेडक्रस रुपन्देहीका कोषाध्यक्ष सुशिल गुरुङ, बेलहिया उपशाखाका सभापति राकेश गुरुङलगायतले रक्तदानको महत्व तथा रगतको अभावका बारेमा बोलेका थिए  । 

    WhatsApp Image 2024-06-15 at 8.38.15 AM.jpeg

    कार्यक्रममा उपमन्त्री अर्जुनराज उपाध्यायले रेडक्रसका ७ आधारभूत सिद्वान्त वाचन गरेका थिए । रेडक्रस रुपन्देहीका उपसभापति रुपमा कुमारी हिराचनको स्वागत तथा मन्त्री रामचन्द्र उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।