२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

नेपाल भेटेरिनरी एशोसिएसन लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व

सोमवार , फाल्गुण १०, २०७७

  • 6.4K
    Shares
  • 6.4K
    Shares
  • भैरहवा, १० फागुन ।
    नेपाल भेटेरिनरी एशोसिएसन लुम्बिनी प्रदेशले नयाँं कार्यसमिति चयन गरेको छ । बुटवलमा सम्पन्न एशोसिएसनको दोस्रो साधारणसभा तथा अधिवेशनले डा. वसन्त आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । 

    समितिको उपाध्यक्षमा डा. परवेज आलम, सचिवमा डा. युवराज पन्थ, सह–सचिवमा डा. भरत काफ्ले, कोषाध्यक्षमा डा. विवेक वन्धु रेग्मी, सदस्यहरुमा डा. सिर्जन वास्तोला, डा. रुपेन्द्र कुमार ओली, डा. माधव पाण्डे, डा. उषा घिमिरे, डा. प्रदिप गिरी र डा. दिपक सुवेदी निर्वाचित भएका छन् ।

    कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष डा. आचार्यले आफ्नो कार्यकालमा पेशा हकहित संरक्षण, निरन्तर शिक्षा, किसान लक्षित सीपमुलक तालिम, पशु स्वास्थ्य र जनस्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु अगाडि सार्ने जनाए । 

    लुम्बिनी प्रदेश समितिका कार्यवाहक अध्यक्ष डा. उत्तम आचार्यको सभापतित्व तथा सचिव डा. सुन्दर बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।