२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

भेटेरिनरी शिक्षण अस्पताल स्थानान्तरणप्रति राप्रपाको ध्यानाकर्षण

आइतवार , फाल्गुण ९, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, ९ फागुन ।
    भैरहवास्थित पक्लिहवा कृषि क्याम्पसको हाताभित्र रहेको भेटेरिनरी शिक्षण अस्पताल स्थानान्तरण गर्ने खबरप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपालको दोस्रो भेटेरिनरी शिक्षण अस्पताल (पशु शिक्षण अस्पताल) को रुपमा स्थापित यो अस्पताललाई केही व्यक्ति/संस्थाकोव्यक्तिगत स्वार्थमा अन्यत्र स्थानान्तरण गर्ने कार्य गर्ने र गराउने निर्णयप्रति खेद व्यक्त गरेको राप्रपाको भनाइ छ । 

    राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाले विज्ञप्ती जारी गर्दै अस्पताल स्थानान्तरणविरुद्ध भइरहेको आन्दोलनप्रति पार्टीले ऐक्यवद्धता जनाउँदै सहभागिताको लागि सम्पूर्णमा अपिल गरेका छन् ।

    ‘वि.सं. २०३५ सालसम्म स्थापित रहेको सिद्धार्थनगरको पक्लिहवास्थित ब्रिटिश सैनिक भर्ति केन्द्र स्थानान्तरण भएपछि पक्लिहवा कृषि क्याम्पसको रुपमा स्थापित भइ कृषिसम्बन्धि जे.टि.ए., आई.एस.सी, ए.जी, तत्पश्चात आजसम्म बी.एस.सी. ए.जी. तथा बी.एस.सी भेटेरिनरी प्रोग्रामको रुपमा थालनी भएको सर्वविदितै छ, ’विज्ञप्तीमा उल्लेख छ ।