images
images

शनिवार, जेठ ५ गते २०८१

राधिका दासीको पीडा !

राधिका दासीको पीडा !

images
images
images
आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • राधिका दासीको पीडा !

    नेपाली टेलिभिजन आकाशमा विगत लामो समयदेखि सञ्चारकर्म गर्दै आएका चर्चित नाम हो ‘प्रकाश सुवेदी’ । नेपाल टेलिभिजन हुँदै नेपालमा स्थापित टेलिभिजनमा उनले चलाउने कार्यक्रम सायद कमै नेपालीले नरहेका होलान् । अनि देशमा मात्र होइन विदेशमा पनि कर्म गरिरहेका नेपालीहरुमाझ निकै लोकप्रिय छन् ।

    images
    images
    images

    त्यसो त सञ्चारकर्मी प्रकाश सुवेदीको टेलिभिजनको क्षेत्र भनेको नेपाली चलचित्र र चलचित्र सम्बन्धी मनोरञ्जनात्मक कार्यक्रम हो । उनको प्रस्तुतीले १ घण्टाको टेलिभिजन कार्यक्रम सकिएको थाहै हुँदैन यो नै उनको खुबी हो । देखेका कुरा निर्धक्क साथ दर्शकमाझ ल्याउने उनको विशेषता नै हो । पछिल्लो केही वर्ष यता उनी एपीवान टेलिभिजनमार्फत साताको दुईवटा कार्यक्रम लिएर आउने गरेका छन्–रजतपट र प्रकाश सुवेदी शो । उनले उक्त टेलिभिजन शो लाई केही परिमार्जन गर्दै नेपाली चलचित्रका गतिविधिसँगै अहिलेको जल्दोबल्दो विषयलाई पनि निकै आर्कषक ढंगले प्रस्तुती दिदै आएका छन् । उनको पछिल्लो परिमार्जन गरिएको कार्यक्रमलाई आम दर्शकले निकै मन पराएका छन् ।

    उनको पछिल्लो एक साता अघि धार्मिक क्षेत्रको विख्यात कथावाचिका राधिका दासीलाई आफ्नो कार्यक्रममा ल्याएर कथावाचिका राधिका दासीको जीवनको भोगाइका बारेमा यस अघि सार्वजनिक नभएका धेरै कुराहरु बाहिर ल्याएका छन् । उक्त कार्यक्रम लाखौं जनाले मन पराएर सामाजिक सञ्जालमा समेत निकै भाइरल भएको छ । २०८१ सालको फागुनसम्म निकै व्यस्त रहेकी कथावाचिका दासलाई टेलिभिजनमा निमन्त्रणा गरेर एक घण्टासम्म उनको जीवनको भित्री पाटोहरु ल्याइ उजागर गर्न सक्नु नै पत्रकार सुवेदीको सफलता नै मान्नु पर्दछ । त्यसको लागि उनी धन्यवादको पात्र छन् ।

    पत्रकार सुवेदीसँग कथावाचिका राधिका दासले गरेको कुराकानी सुन्दा र हेर्दा पनि सबैको मनमा पीडाबोध हुने गर्दछ ।

    ‘एउटी नारी भएर यो स्थानमा आइपुग्न निकै कठिन र श्रम गर्नुपर्यो, जो मान्छे बाहिर हाँस्छ, त्यो मान्छेको भित्री पीडा भयानक हुन्छ, ’अन्तरवार्ताका क्रममा दासले भनिन् । २०४५ साल भदौ १ गते यस धर्तीमा पदार्पण गरेकी दास अध्ययनमा निकै अब्बल थिइन् । उनले १२ वर्षको उमेरमा एसएलसी पूरा गरिन् । उनको जन्म मोरङको कानेपोखरी गाउँपालिका भएको हो । सानो उमेरमा संसारमा भगवान छदै छैन भन्दै हिंड्ने दासीका परिवार भने कट्टर हिन्दूवादी थिए । उनको हजुरबुवा त पण्डित नै थिए । घरकी एक्ली छोरी दासी सबैकी प्यारी थिइन् । गाउँको अध्ययन सकेर उनी थप अध्ययनका लागि काठमाडौं पुगिन । काठमाडौंमा बसेर अध्ययन गरिरहदा एक्कासी उनको १६ वर्षको उमेरमा विवाह बन्धनमा बाधिन पुगिन् । उनका श्रीमान् मानसिक रोगीका कारण उनको विवाहपछिको यात्रा निकै कष्टपूर्ण भयो । आफ्नो परिवार र अध्ययनका विषयमा उनी अन्तरवार्ताका क्रममा निकै भावुक पनि बनिन् । उनको भनाइ थियो, ‘मेरो मातापीताको इच्छामै विवाह भयो मैले भने कुनै प्रेम विवाह गरेकी थिइन् । ’

    राम्रो र सम्पन्न परिवार भनेरै बुवा–आमाले छोरीको विवाह गरिदिएका थिए । तर, विवाह भएको केही समयपछि उनको रमाइलो जीवनमा आधीहुरी मडारिन थाल्यो । त्यसबीचमा उनले एक सन्तानको रुपमा छोरालाई जन्म दिइन् । त्यसबीचमा श्रीमान्का कारण अति हिंसा भोगिन । त्यसको हिसाबकिताब नै छैन । आफ्नै श्रीमानले रातीको ११ बजे जंगलमा लगेर मार्छु भन्दै खुकुरी हातमा पोलेका दागहरु अहिलेसम्म भेटिएका छैनन् । आफ्नो छोराको हिंसाका बारेमा सासु ससुरालाई सबै थाहा हुँदाहुँदै पनि उनीहरुले सुधार्ने कुनै उपाय लगाउन सकेनन् । हिंसाबाट साह्रै पीडित कथावाचिका दासी आत्महत्या गर्ने निर्णयमा पुगिन् ।

    हिंसाबाट पीडित उनले सहज मृत्यु खोज्दै ३६५ वटा स्लिपिङ ट्याबलेट बोकेर पशुपतिको जंगलमा पुगिन् । जब पानी निकालेर खान लागेकी थिइन्, उनको छोरा अध्ययन गर्ने विद्यालयबाट छोरा सिकिस्त बिरामी भएको फोन आएपछि ट्याबलेट नखाइ छोराको विद्यालय पुगिन् । सायद उनलाई यति चाँडै मर्न लेखेको थिएन । हिंसाको पीडा सहन नसकेपछि उनले श्रीमान्सँग सम्बन्धविच्छेद गरिन् । सम्बन्धविच्छेदपछि उनी मन बहलाउन भारतको बृन्दावन लागिन् र अध्ययन गर्न लागिन् । त्यो बेला उनको उमेर २५ वर्षको थियो । कठोर अध्ययनपछि आचार्यसम्म अध्ययन गरेर नेपाल फर्केर कथावाचनमार्फत नारी शिक्षा र नारी सशक्तिकरणतर्फ लागिन् । हिंसामा परेका महिलाले दबिएर बस्न नहुने भन्दै कथावाचनमार्फत सबैलाई हौसला र प्रेरणा दिदै आएकी छन् । उनको माया घर र राधिका फाउण्डेशन घरबारबिहीन महिला तथा बालबालिकाकालाई संरक्षण र आश्रय दिदै आएकी छन् ।

    मृत्युको मुखमा पुगेकी कथावाचिका दासीको कथावाचन सुन्न महिला मात्र होइन पुरुष र बालबालिकाको समेत ठुलो संख्यामा भिड लाग्ने गरेको छ । अंग्रेजी, हिन्दी, नेपाली र संस्कृत भाषामा धाराप्रवाह कथा वाचन गर्ने ‘दासी’ आउँदो सालको फागुनसम्म कथावाचनका लागि बुक भइसकेको छ । उनको संघर्षको जीवन र सफलतालाई हाम्रो पनि सलाम ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij