२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

रोहिणी गाउँपालिकाले हटायो ६१ जना कर्मचारी

शुक्रवार , आश्विन ३१, २०८२

  • 17.5K
    Shares
  • 17.5K
    Shares
  • भैरहवा, ३१ असोज । रुपन्देहीको रोहिणी गाउँपालिकाले स्वीकृत दरबन्दीबाहेक अस्थायी नियुक्त भएका, करार सेवा तथा दैनिक ज्यालादारीमा कार्यरत ६१ जना कर्मचारीहरु हटाएको छ । गाउँपालिका तथा मातहत सबै कार्यालयहरुमा विभिन्न मितिमा स्वीकृत दरबन्दीबाहेक कार्यरत ६१ जना कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो ।

    अध्यक्ष यादवका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्रअनुसार नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने भन्ने निर्णय कार्यान्वयनका लागि रोहिणी गाउँपालिकाले पनि अस्थायी, करार सेवा तथा दैनिक ज्यालादारीमा कार्यरत ६१ जना कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेको हो ।