images

आइतवार, बैशाख १६ गते २०८१

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय तहलाई लाभ र सम्भावना

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय तहलाई लाभ र सम्भावना

images
images
images
मंगलवार, चैत्र ६ २०८०
मंगलवार, चैत्र ६ २०८०
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय तहलाई लाभ र सम्भावना

    –चेतन पन्त

    images

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनीको पर्यटन विकासलाई केन्द्रीत गरी एशियाली विकास बैंकले ऋण सहयोग गरेको र राष्ट्रले समेत यसमा ठुलो धनराशी लुम्बिनीकै लागि लगानी गरेको स्पष्ट छ । यसमा मुलुकले जग्गाको मुआब्जामा २३ अर्ब र एशियाली डेभलपमेन्ट बैंक (एडिबी) ले ९ अर्ब ऋण लगानी गरेको लुम्बिनीको पर्यटन विकाससँगै अन्य आर्थिक विकासका लागि गरेको छर्लङ छ । तर, विमानस्थल सुनसान छ । एडीबी र सरकारको लगानी बालुवामा पानी जस्तै यो विमानस्थलको अवस्था छ । यी सबै समग्र पश्चिमको भन्दा पनि रुपन्देहीको सबै स्थानीय सरकार (तह) ले विकासको प्रतिफल चाख्ने विमानस्थल हो भन्दा फरक नपर्ला । किनकी यो विमानस्थल सबै स्थानीय तहसँग जोडिएको छ । जिल्लाभित्र रहेकोले रुपन्देहीबासीले यसबाट लाभ पाउने आशा राख्नु स्वभाविक हो । तर, हालसम्म भनेजस्तो लाभ भने मिल्न सकेको छैन । खासगरी विमानस्थल नाम मात्रको अन्तर्राष्ट्रिय जस्तो छ । धेरै अधुरा कामले यस विमानस्थललाई अधुरो र अपुरो बनाएको स्पष्ट देखिन्छ । केवल रन–वे र पुरानो ढर्राको टर्मिनल बनाएर झारा टार्ने काम गरेको देखिदा मन खिन्न लाग्नु स्वभाविक हो । यसैले गर्दा स्थानीयहरु नयाँ टर्मिनल बनाएर अधुरा काम पूरा गरी पूर्ण रुपले अन्तर्राष्ट्रियस्तरको हुनुपर्ने आवाज उठाइरहन्छन् ।

    यस विमानस्थलबाट स्थानीय उत्पादनले निर्यात सुविधा प्राप्त गर्न पाउनुपर्छ भन्ने चाहना पनि छ । रुपन्देही भनेको अन्नको भण्डार हो । यहाँका चामल, गहुँ, हरियो तरकारी र फलफूल विदेशी बजार पुग्न सके अन्तर्राष्ट्रिय विमानस्थलको औचित्य पूरा हुनु स्वभाविक हो । अन्तर्राष्ट्रिय विमानस्थल भनेको सम्पूर्ण सुविधा र यात्रुको चाहना र आयात–निर्यातका लागि एक उपयुक्त थलो पनि हो । तर, भैरहवाको यो विमानस्थल धेरै कुराबाट वञ्चित र अधुरो छ । कार्गो भवन छ । तर, विमान पुग्ने टैक्सी–वे छैन । करोडौं खर्चेर कार्गो भवन बनाइयो तर, विमान पुग्ने मार्ग र पुल बन्न सकेको छैन । विमानस्थल बाहिर भएर कार्गो भवन पुग्नुपर्ने बाध्यता छ । यो विमानस्थल ८ सय १० विगाहा र १२ किलोमिटरभित्र हुनु यथेष्ट जमिन हो ।

    विमानस्थलभित्र ६ वटा एरो ब्रिजसहित जहाजमा बिना सिढी पुग्ने नयाँ किसिमको डिजाइन गरिएको छ । तेल भण्डारण गर्न विशाल क्षेत्र र जहाज मर्मत केन्द्र निर्माण गर्न पुग्ने जमिन रहनु यो विमानस्थलको विशेषता हो ।

    २० वर्षलाई यो विमानस्थलले भरपुर सुविधा दिने निश्चित छ । तर, सरकारले लगानी गर्न तमसिनुपर्‍यो । निजगढ नबन्दासम्म यसले देशको सम्पूर्ण हवाई सुविधा उपलब्ध गराउँछ । नयाँ टर्मिनलका लागि एडिबी पनि ऋण दिन तयार छ । तर, सरकार तयार छैन ।

    विमानस्थलले नयाँ स्वरूप र संरचना पाए मुलुकको हवाई उड्डयन क्षेत्र र आयात–निर्यातका लागि कोशेढुगां बन्ने पक्का छ । देशलाई विशाल सुविधायुक्त विमानस्थल आवश्यक पनि छ ।

    अर्कों महत्वपूर्ण कुरा हाम्रो क्षेत्र पर्यटनका लागि विश्व प्रसिद्ध छ । लुम्बिनी र स्थानीय पालिकामा धेरै पर्यटकीय स्थलहरु छन् । सबै स्थानीय पर्यटन क्षेत्र विकाससँग जोडिनेछ । यसका लागि विमानस्थल महत्वपूर्ण छ ।

    चाहे लुम्बिनी, गैडहवा, गजेडी वा देवदह अथवा तिलौराकोट, रामगराम, जितगढी सबै पर्यटकीय सम्भाव्य क्षेत्र हुन् । अझ बुटवलमा बसन्ततपुर र नुवाकोट डाडामा केबलकार सुरु हुनु झनै अन्तर्राष्ट्रिय विमानस्थलले महत्वपूर्ण भूमिका खेल्छ ।

    समग्र लुम्बिनी प्रदेशका पर्यटन विकास र व्यवसाय विकासका लागि यो विमानस्थलको दिगो विकास र सञ्चालन अपरिहार्य छ ।

    पर्यटन विकासका लागि होटलहरुको लुम्बिनी–भैरहवा क्षेत्रमा मात्र करिब ३० अर्ब लगानी छ । तर, पर्यटन आगमन अपेक्षाकृत छैन । यसले व्यवसायीहरुको लगानी जोखिममा रहेको सिद्धार्थ होटल संघका सचिव रविन्द्र शर्मा घिमिरे बताउँछन् ।

    यस क्षेत्रमा गजेडी, गैडहवा, जगदीशपुर ताल, कयौं सिमसार क्षेत्र छन् । जुन प्राकृतिक र पर्यापर्यटनका लागि महत्वपूर्ण छन् । पर्यटन आगमनमा विमानस्थलले भूमिका खेल्न सक्छ ।

    तर, विमानस्थल विकास र विस्तारमा सरकारको चासो र चाहना जरुरी छ । हालको टर्मिनलमा ट्रान्जिट सुविधा छैन । भैरहवा भएर अन्य देश जाने यात्रु राख्ने ठाउँ छैन । झारा टार्ने हिसाबले टर्मिनल बनाएर विकास अधुरो राखिनु हाँसो लाग्ने कुरा हो ।

    अब नयाँ टर्मिनलमा १६ ठुला जहाज पार्किङ्ग र सबै सुविधा हुनेछ । जुन उत्तर पश्चिमतर्फ बन्नेछ ।

    विमानस्थल मर्मत केन्द्र दक्षिण पुर्व क्षेत्रमा हुनेछ । जसबाट विमान मर्मतका लागि नेपालमै सुविधा भइ देशको ठुलो धनराशी जोगिनेछ । बरु अरु देशबाट जहाज बनाउन भैरहवा आई देशको ठुलो आम्दानी बढ्नेछ । सरकारले ढुक्क भएर लगानी गरोस्, भैरहवा हवाई हब बन्नेछ । तर, सरकारको ध्यान यसतर्फ छैन ।

    पर्यटन र विकासको केन्द्रविन्दु भैरहवा हुनेछ । यस क्षेत्रको कायापलट भइ तराई क्षेत्रमा नयाँ आयाम थपिनेछ । तराईका जनतामा रोजगार र व्यवसाय वृद्धि भइ आत्मनिर्भरता बढ़नेछ । खाडी मलेसिया होइन अब नेपालमै केही गर्ने वातावरण सिर्जना हुनेछ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एउटा सम्भावना हो । यसले उड्डयन क्षेत्रमा अनेकौ अनेक सम्भावना सिर्जना गर्नेछ । भैरहवा भएर हवाई यात्रा गर्दै चीन, मंगोलिया, रुस जान नयाँ हवाई रुट दिन सक्नेछ । भारत, युरोप र मध्य एशियाको मुख्य बिन्दु भैरहवा हुन सक्नेछ । यतिका सम्भावनालाई हृदयंगम गरी सरकारले पहल किन सुरू नगर्ने ? सरकारले हवाई सम्भावना र रुटबारे अध्ययन गरी एउटा निचोड निकाले वेश हुन्छ । देशमा अनेकौ उड्डयन सम्बन्धी विद्वान छन् । विज्ञ छन् । परामर्श गर्न सकिन्छ । किन नगर्ने त ? जुन कुराले देशलाई फाइदा हुन्छ, त्यसमा किन पछि पर्ने ? भैरहवाको यो विमानस्थल देशको मध्यविन्दुसँगै एशियाको पनि मध्यमा छ । चीन र भारतको बीचमा छ । दक्षिण पुर्व एसियाको संगममा छ । मध्य एशिया र चीन जोडिन सक्छ । सबैलाई पायक र लायक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुन सक्छ । यसबारे चिन्तन गरौं । अध्ययन सुरु गरौं । भैरहवा–लुम्बिनी बुटवललाई पर्यटन विकासको केन्द्र बनाऔं । आयात–निर्यातका लागि नयाँ द्वार निर्माण गरौं ।expert.jpg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij