images

शनिवार, बैशाख २२ गते २०८१

तिलोत्तमा–९ मा अन्तर वडा बाल सञ्जाल स्तरीय फुटसल सुरु

तिलोत्तमा–९ मा अन्तर वडा बाल सञ्जाल स्तरीय फुटसल सुरु

images
images
images
बुधवार, फाल्गुण २ २०८०
बुधवार, फाल्गुण २ २०८०
  • तिलोत्तमा–९ मा अन्तर वडा बाल सञ्जाल स्तरीय फुटसल सुरु

    तिलोत्तमा, २ फागुन ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ९ को आयोजनमा अन्तर वडा बाल सञ्जाल स्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको वडा नम्बर ५ स्थित युनिक फुटसलमा भएको प्रतियोगितामा १७ वटा वडाका बालबालिकाको सहभागीता रहेको थियो ।

    images
    images
    images

    प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले प्रतियोगिताबाट ग्रामीण भेगको खेलकुद विकासमा टेवा पुग्ने बताए । उनले तिलोत्तमा नगरपालिका खेलाडी उत्पादनमा सबै वडा तहबाट सहभागी हुने गरी खेलकुदको विकासमा अग्रसर रहेको प्रतिवद्धता व्यक्त गरे । नगरप्रमुख खाणले प्रतियोगिताबाट बालबालिकाको स्वास्थ्यमा अनुकुलता र नियमित खेलकुदमा संलग्न भएपछि खेलाडी उत्पादन हुने बताए । खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकारबाट तर्फबाट आवश्यक सबै योजना लागू गर्ने उनले बताए ।

    IMG_9331.JPG

    कार्यक्रममा विशिष्ट अथिति समेत रहेकी नगर उपप्रमुख जगेश्वर देवी चौधरीले खेलकुद क्षेत्रको विकासका लागि आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने बताइन् । चौधरीले वडा नम्बर ९ ले आयोजना गरेको कार्यक्रमबाट  बालबालिका खेलकुदप्रति थप आकर्षित हुने र अध्ययनसँगै सामाजिक कार्यमा रुची राख्ने बताइन् । 

    प्रतियोगिताको अध्यक्षता ग्रहण समेत गरेका वडा नम्बर ९ का अध्यक्ष ध्रुव न्यौपानेले खेलकुदमार्फत आपसी भाइचारा तथा स्वास्थ्य र राष्ट्रका लागि योगदान दिन फुटसल प्रतियोगिता आयोजना गरिएको बताए ।

    सो अवसरमा बोल्दै वडा नम्बर–९ की वडा सचिव माया गैरेले भनिन्, ‘प्रतियोगिताको मुल उद्देश्य ग्रामीण भेगका बालबालिकाहरुलाई सानै उमेरबाटै खेलकुदका माध्यमबाट संरक्षणका साथै खेलकुद विकास र उनीहरुलाई खेलप्रति उत्साहित गर्नु पनि हो । ’ प्रतियोगिताको उद्घाटन समारोह कार्यपालिका सदस्य तारा सुनारको स्वागत र सचिव माया गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    उद्घाटन खेलमा आयोजक विजयी

    नगरप्रमुख रामकृष्ण खाण तथा नगर उपप्रमुख जगेश्वर देवी चौधरीले रेफ्रीलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरिएको मंगलबार सम्पन्न ५ खेलमा वडा नम्बर ९ ए , वडा नम्बर १, वडा नम्बर ६, वडा नम्बर १३ र वडा नम्बर ४ विजयी भएका छन् । 

    वडा नम्बर ९ ए र वडा नम्बर ५ बिच भएको खेलमा ९ ए ले २ का विरुद्ध ३ गोल गर्दै जीत हासिल गरेको छ । त्यस्तै वडा नम्बर ७ र वडा नम्बर १ बीच भएको खेलमा वडा नम्बर १ ले ० का विरुद्ध १० गोल गर्दै जीत हासिल गरेको छ । सँगै वडा नम्बर ६ र वडा नम्बर २ बीच हुने भनिएको खेलमा वडा नम्बर २ अनुपस्थित भएपछि वडा नम्बर ६ ले जीत हासिल गरेको छ ।

    त्यस्तै वडा नम्बर १३ र वडा नम्बर १५ बीच भएको खेलमा वडा नम्बर १३ ले १ का विरुद्ध ९ गोल गर्दै जीत हासिल गरेको छ भने मंगलबार भएको अन्तिम खेलमा वडा नम्बर ८ ए र वडा नम्बर ४ बीच भएको खेलमा वडा नम्बर ४ ले १ का विरुद्ध ८ गोल गर्दै जीत हासिल गरेको छ । बुधबार (आज) बिहान ७ बजेदेखि वडा नम्बर १४ भर्सेस वडा नम्बर ३, वडा नम्बर १७ भर्सेस वडा नम्बर ९ बी र वडा नम्बर १० भर्सेस वडा नम्बर १६ बीच पहिलो चरणको खेल समाप्त हुने आयोजक वडाका वडा सदस्य कमल रेग्मी शर्माले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij