images

शुक्रवार, बैशाख २१ गते २०८१

‘स्वर्गीय पवन कुमार मेमारियल क्रिकेट प्रतियोगिता’ को उपाधि वेस्टर्नलाई

‘स्वर्गीय पवन कुमार मेमारियल क्रिकेट प्रतियोगिता’ को उपाधि वेस्टर्नलाई

images
images
images
मंगलवार, फाल्गुण १ २०८०
मंगलवार, फाल्गुण १ २०८०
  • ‘स्वर्गीय पवन कुमार मेमारियल क्रिकेट प्रतियोगिता’ को उपाधि वेस्टर्नलाई

    भैरहवा, १ फागुन ।
    रुपन्देही क्रिकेट संघको आयोजना तथा करणी इन्टरप्राइजेज बैंकरोड, भैरहवाको प्रमुख प्रायोजनमा भैरहवामा सम्पन्न ‘स्वर्गीय पवन कुमार मेमारियल तीनदिवसीय क्रिकेट प्रतियोगिता–२०८०’ को उपाधि वेस्टर्न क्रिकेट क्लब, बुटवलले जितेको छ । 

    images
    images
    images

    दोस्रो चरण अन्तर्गत माघ २९ देखि फागुन १ गतेसम्म सञ्चालित प्रतियोगितामा मेलवर्न क्रिकेट क्लब (एमसीसी), भैरहवालाई १५ रनले पराजित गर्दै वेस्टर्नले उपाधि जितेको हो । तीनदिवसीय क्रिकेट प्रतियोगिता भए पनि २ दिनमै प्रतियोगिता समापन भएको छ । प्रतियोगिताको विजेता टीमलाई नगद रु. २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, म्यान अफ सिरिजलाई रु. २ हजार ५ सयसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको संयोजक पुनित पोखरेलले बताए ।

    करणी इन्टरप्राइजेजका प्रोप्राइटर हरिश सेठियाले आफ्नो स्वर्गीय बुवा पवन कुमार सेठियाको स्मृतिमा प्रतियोगिताको प्रायोजन गरेका हुन् ।

    टस जितेर ब्याटिङ रोजेको वेस्टर्नले ३६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३२ रन बनायो । उसका लागि सन्तोष खनालले ३५, धिरज शाहीले २१, दीपेश रोक्का र सन्देश थापाले १९/१९ रनको योगदान गरे । बलिङमा एमसीसीले सन्तोष यादवले ५, रोशनलाल गुप्ताले ३ र रमेश कुर्मीले २ विकेट लिए ।

    एमसीसीले ३९ दशमलव १ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३९ रन बनायो । उसका लागि सन्तोष यादवले ३४, विजय प्रजापतिले २८, रोशन थामीले २२ र रोशनलाल गुप्ताले १६ रनको योगदान गरे ।

    बलिङमा वेस्टर्नका सन्देश थापा, अभिशेष गौतम, अजय चौहान र विष्णु पाण्डेले २/२ विकेट लिए । 

    सोहीअनुसार एमसीसीले ७ रनले लीड गरेको थियो ।

    दोस्रो इनिङमा वेस्टर्नले ४२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६३ रन बनायनो । उसका लागि रन्जित खड्काले ६१ र प्रज्जवल थापाले ५० रनको योगदान गरे । बलिङमा एमसीसीका सन्तोष यादवले ७, रमेश कुर्मी २ र रोशनलाल गुप्ताले १ विकेट लिए ।
    वेस्टर्नले एमसीसीलाई जीतका लागि १५७ रनको लक्ष्य दिएको थियो ।

    एमसीसीले २९ दशमलव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४१ रन बनायो । उसका लागि सन्तोष यादवले ३१, अजय रसाइलीले २७, विजय प्रजापतिले १९, सहजाद आलमले १८ तथा रोशन थामी, रोशनलाल गुप्ता र कृष्ण कार्कीले १२/१२ रनको योगदान गरे । बलिङमा वेष्टर्नका अजय कुमार चौहाज ६, अभिशेष गौतमले २, सन्देश थापा र विष्णु पाण्डेले १ विकेट लिए ।

    प्रतियोगितामा म्यान अफ द म्याच र म्यान अफ द सिरिज वेस्टर्नका अजय चौहान घोषित भए ।

    प्रतियोगितामा रुपन्देही सुपर लिग २०७८ को विजेता मेलवर्न क्रिकेट क्लब (एमसीसी) भैरहवा र रुपन्देही सुपर लीग २०७९ को विजेता वेस्टर्न क्रिकेट क्लब, बुटवल गरी दुईवटा टीमको सहभागीता थियो ।

    प्रतियोगिता विजयी टीमलाई रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरी, अध्यक्ष हरि बहादुर थापा, निवर्तमान अध्यक्ष एवं नेपाल क्रिकेट संघका पूर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, करणी इन्टरप्राइजेजका प्रोप्राइटर हरिश सेठिया, सुनिल सेठियालगायतले पुरस्कार प्रदान गरेका थिए ।

    सो अवसरमा बोल्दै प्रमुख अतिथि सेन्चुरीले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरे ।

    रुपन्देही क्रिकेट संघका अध्यक्ष थापाले अब कलेजस्तरीय र त्यसपछि सुपर लिग क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको बताए । संघका सचिव संजय गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij