
सोमवार , माघ २९, २०८०
काठमाडौं, २९ माघ । नेकपा एमालेका राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले जनताको पक्षमा काम गर्न नसके सरकारबाट बिदा हुनुपर्ने बताएका छन् ।
सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले एक थोक भनेर अर्कै काम गर्ने गरेको बताए । उनले जनताको काम पूरा गर्न नसके पदबाट बिदा लिएर बस्नुपर्ने बताए ।
उनले सांसदहरुले संसदमा उठाएका कुराहरु सम्बोधन नहुने हो भने बोल्नुको कुनै औचित्य नहुने बताए । उनले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित जनतालाई आवश्यक राहत दिन नसकेको बताए । उनले सरकारले अस्थायी आवास नबनाइदिँदा चिसोका कारण ४५ जना भन्दा बढी भूकम्पपीडितहरुको ज्यान गएको बताए ।
सरकारले सांसदहरुले दिएको सुझावलाई गम्भीरताका साथ नलिएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij