२०८२, कार्तिक ५ गते

Oct 22 2025 | २०८२, कार्तिक ५ गते

बुटवल मेयर कपको फाइनलमा अक्सफोर्ड र नवीन भिड्ने

आइतवार , माघ २८, २०८०

  • 889
    Shares
  • 889
    Shares
  • बुटवल, २८ माघ ।
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित प्रथम विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा अक्सफोर्ड माध्यमिक विद्यालय र नवीन औद्योगिक माध्यमिक विद्यालय भिड्ने भएका छन् ।

    आइतबार भएको सेमीफाइनल खेलमा स्कलर्स होमलाई ३–० को गोलअन्तरले हराउँदै अक्सफोर्ड मावि फाइनल प्रवेश गरेको हो भने उजिरसिंह माविलाई २–० गोल अन्तरले हराउँदै नवीन औद्योगिक माविले फाइनलको यात्रा तय गरेको हो। फाइनल खेल सोमबार दिउँसो २ बजे बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ । 

    आइतबार एन्फा टेक्निकल सेन्टरको मैदानमा भएका खेलमा एभरेष्ट माविलाई १–० गोलअन्तरले हराउँदै अक्सफोर्ड सेमीफाइनल प्रवेश गरेको थियो ।

    त्यस्तै जबइ खेल मैदानमा भएको खेलमा सरस्वती माविलाई १–० गोलअन्तरले हराउँदै नवीन औद्योगिक मावि सेमीफाइनल प्रवेश गरेको थियो । यसअघि उजिरसिंह माविले ज्ञानोदय माविलाई ट्राइबेकरमा ३–१ गोलअन्तरले हराउँदै अघिल्लो चरण प्रवेश गरेको थियो ।

    प्रतियोगितामा सामूदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका छन् । प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थी मात्रै सहभागी छन् ।

    प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८–१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए । उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८–८ हजारका दरले पुरस्कार पाउनेछन् ।