images

बिहिवार, बैशाख २० गते २०८१

बुटवलमा एकलाख राशीको अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु

बुटवलमा एकलाख राशीको अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु

images
images
images
बिहिवार, माघ २५ २०८०
बिहिवार, माघ २५ २०८०
  • बुटवलमा एकलाख राशीको अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु

    बुटवल, २५ माघ ।
    विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले रुपन्देहीको बुटवल उपमहानगरपालिकाको आयोजनामा अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

    images
    images
    images

    बिहीबार बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा नगरप्रमुख खेलराज पाण्डेयले प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख पाण्डेयले नगरभित्रका विद्यालयहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउनका लागि खेलकुद प्रतियोगिताको आयोजना गरेको बताए। उनले यस्ता प्रतियोगिताले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सहयोग पुर्याउन र राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा सहभागी हुन सक्ने खेलाडी तयार हुनेमा विश्वास व्यक्त गरे ।

    प्रमुख पाण्डेयले विद्यालयस्तरमा रहेका प्रतिभा बाहिर ल्याउनकै लागि विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको र अन्य विधामा पनि विद्यार्थीहरुलाई अब्बल बनाउन नगरले लगानी गरिरहेको बताए ।

    कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले विद्यालय तहमा हुने यस्ता प्रतियोगिताले विद्यार्थीलाई सबल बनाउने र खेलाडी उत्पादनमा विशेष भूमिका निर्वाह गर्ने बताइन् । उनले सबै विद्यालयहरुलाई अनुशासित र मर्यादित तरिकाले खेलमा सहभागी हुनका लागि आग्रह गरिन् ।

    बिहीबारदेखि सुरु भएको प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए । उनले आगामी वर्ष प्रशिक्षक र रेफ्री उत्पादनमा समेत विशेष चासो दिने र खेलमैदानहरुको स्तरोन्तति र निर्माण गर्नेतर्फ चासो दिएको बताए ।

    प्रतियोगिताअन्र्तगत एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको उदटन खेलमा न्यु होराइजन माध्यमिक विद्यालयले तिलोत्तमा माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले हराएको छ । त्यस्तै बिहीबार नै अक्सफोर्ड मावि र त्रिभुवन युनाइटेडका बीचमा भएको खेल बराबरी भएपछि ट्राइब्रेकरमा अक्सफोर्ड माविले ४–३ को गोलअन्तरले जीत हासिल गरेको छ ।

    त्यस्तै कालिका मानवज्ञान मावि र बुटवल माविका बीचमा भएको खेलमा कालिका मानवज्ञान माविले शुन्यका विरुद्ध २ गोल गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

    त्यसै गरी बुटवल–१३ को जबइ खेलमैदानमा भएको प्रतियोगितामा सरस्वती माविले ज्ञानपुञ्ज माविलाई २–० गोल अन्तरले हराएको छ । त्यस्तै अर्को खेलमा नवीन औद्योगिक माविकले बुटवल ग्लोरीलाई ३–० गोल अन्तरले पराजित गरेको म्याच कमिस्नर हरि प्रसाद श्रेष्ठले जानकारी दिए ।

    प्रतियोगिताअन्तरगत शुक्रबार एन्फा खेल मैदानमा मणिमुकुन्द मावि र नयाँगाउँ मावि, स्कलर्स होम र सिद्धेश्वरी लालकुमारी मावि, नहरपुर मावि र प्रगति मावि तथा अक्सफोर्ड मावि र नवरत्न माविका बीचमा खेल हुनेछ । त्यस्तै जवइ खेल मैदानमा कान्ति मावि र जितेश्वरी मावि, अन्नपूर्ण मावि र नवीन औद्योगिक मावि, उजिरसिंह मावि र न्यू भिजन मावि तथा गार्गी एकेडेमी र ज्ञानोदय माविका बीचमा हुनेछ ।

    प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी हुन पाउने नियम छ । प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोस्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८–१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका लालहरि पाण्डेले जानकारी दिए । उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८–८ हजारका दरले पुरस्कार पाउनेछन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij