२०८३, कार्तिक २ गते

Oct 18 2026 | २०८३, कार्तिक २ गते

काशीमा वार्षिक खेल महोत्सव सुरु

बिहिवार , माघ २५, २०८०

  • 787
    Shares
  • 787
    Shares
  • भैरहवा, २५ माघ ।
    काशी नोबल एकेडेमी सिद्धार्थनगर, रुपन्देहीले बिहीबारदेखि वार्षिक खेल महोत्सव–२०८० सुरु गरेको छ ।

    एक हप्तासम्म चल्ने खेल महोत्सवको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले उद्घाटन गरेकी हुन् । सो अवसरमा उपप्रमुख अधिकारीले खेलकुदको महत्व रहेको बताइन् ।

    एकेडेमीका अध्यक्ष ओम जैसीको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थनगर वडा नम्बर १२ का अध्यक्ष कुमार गुरुङ, रोटरी क्लबका हिरा बहादुर शाह, उमेश आचार्य, विद्यालयका सल्लाहकार पुर्ण प्रसाद श्रेष्ठ, उपाध्यक्ष अजय कुमार गुप्ता, प्राचार्य राजेन्द्र घिमिरे, सह–प्राचार्य श्री रायमाझी लगायत शिक्षक, कर्मचारी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । विद्यालयका शिक्षक हरि प्रसाद आचार्यका सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।