images

बिहिवार, बैशाख २० गते २०८१

सिद्धार्थनगरको १५ औं अधिवेशन सम्पन्न

सिद्धार्थनगरको १५ औं अधिवेशन सम्पन्न

images
images
images
बिहिवार, माघ २५ २०८०
बिहिवार, माघ २५ २०८०
  • सिद्धार्थनगरको १५ औं अधिवेशन सम्पन्न

    भैरहवा, २५ माघ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नगरसभाको १५ औं अधिवेशन सम्पन्न भएको छ । नगरसभाबाट चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम संसोधन गर्दै बिहीवार अधिवेशन सम्पन्न भएको हो ।

    images
    images
    images

    १३ औं अधिवेशनबाट विनियोजन भएको बजेट र कार्यक्रमको विषयमा सभामा छलफल गरी सर्वसम्मतबाट आवश्यक कार्यक्रम संशोधन र रकमान्तर गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सचिव नवराज पौड्यालले जानकारी दिए ।

    त्यस्तै सभामा सभाध्यक्ष एवं नगरप्रमुख इश्तियाक अहमद खाँले नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नगरका विभिन्न स्थानमा स्मार्ट लाइट जडान गर्ने कार्य सम्पन्न भएकोदेखि लिएर २७ किलोमिटर नालासहितको सडक, डण्डा करिडोरको निर्माणका लागि एडिबीसँग सम्झौता भएकोसम्म प्रगतिको रुपमा प्रतिवेदन मार्फत प्रस्तुत गरिएको थियो ।

    त्यस्तै प्रगति प्रतिवेदन अनुसार ३९ वटा भौतिक पूर्वाधारका योजना सुरु भएको, ६ वटा योजना सम्झौता हुन बाँकी रहेको तथा ६ वटा ठेक्का आह्वानका लागि प्रक्रियामा लगायत रहेको छ । शिक्षा, स्वास्थ्य, सरसफाई, समाजिक सुरक्षा, कृषि, पशु सेवा लगायत क्षेत्रमा पनि भएका कार्यक्रमहरुलाई प्रगतिको रुपमा प्रस्तुत गरिएको थियो ।

    nlll.jpg

    त्यस्तै सभामा नगरसभा सदस्यहरुले नगरको विकास लगायतको विषयमा राखेको जिज्ञासामा नगर प्रमुख खाँले जवाफ दिएका थिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij