images

बिहिवार, बैशाख २० गते २०८१

सिद्धार्थनगरमा चैत २ देखि कक्षा ८ को वार्षिक परीक्षा

सिद्धार्थनगरमा चैत २ देखि कक्षा ८ को वार्षिक परीक्षा

images
images
images
बुधवार, माघ २४ २०८०
बुधवार, माघ २४ २०८०
  • सिद्धार्थनगरमा चैत २ देखि कक्षा ८ को वार्षिक परीक्षा

    भैरहवा, २४ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालय नगरपालिकास्तरीय कक्षा ८ (आभारभूत तह) को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । आगामी चैत २ गते देखि चैत ९ गतेसम्म परीक्षा सञ्चालन हुने गरी बुधबार कार्यालयले परीक्षाको समयतालिका सार्वजनिक गरेको हो ।

    images
    images
    images

    नगरपालिकाको १२ सामूदायिक, २७ संस्थागत र एउटा धार्मिक गरी कुल ४० वटा विद्यालयमा परीक्षा सञ्चालन हुने सिद्धार्थनगर नगरपलिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए । उनकाअनुसार परीक्षामा कुल १ हजार ८ सय ९४ विद्यार्र्थीहरु सहभागी हुनेछन् । जसमध्ये सामूदायिकबाट ६ सय ९१ र संस्थागतबाट १ हजार २ सय ३ जना विद्यार्थी रहेका छन् ।

    routine.jpg

    परीक्षा अवधिमा कुनै आकस्मिक विदा भएको अवस्थामा पूर्वसूचना बिना कुनै पनि परीक्षा स्थगित नहुने सिद्धार्थनगर नगरपलिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत जानह्वी पाण्डेले बताइन् ।

    विद्यालयहरुमा बिहान साढे १० बजेदेखि परीक्षा सञ्चालन हुने सिद्धार्थनगर नगरपलिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका नायब सुब्बा कृष्ण पोखरेलले बताए । ‘परीक्षाको समयतालिका सार्वजनिक गरेका छौं’ उनले भने, ‘चैत २ गतेदेखि परीक्षा सञ्चालनका लागि अन्य तयारीहरु पनि भइरहेको छ ।’

    साधारणतर्फ चैत २ गते शुक्रबार अंग्रेजी, चैत ४ गते गणित, ५ गते नेपाली, ६ गते विज्ञान तथा प्रविधि, ७ गते सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, ८ गते स्वास्थ्य तथा शारीरिक शिक्षा र ९ गते (स्थानीय विषय) हाम्रो सिद्धार्थनगर÷मातृभाषा÷संस्कृत भाषा विषयको परीक्षा सञ्चालन हुने नगरपालिकाको कार्यालयले जनाएको छ ।
     
      

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij