२०८३, कार्तिक २ गते

Oct 18 2026 | २०८३, कार्तिक २ गते

संक्रमणकालीन न्यायसम्बन्धि विधेयक पीडितमैत्री हुनुपर्छ : रवि लामिछाने

बुधवार , माघ २४, २०८०

  • 775
    Shares
  • 775
    Shares
  • काठमाडौं, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक (टिआरसी) पीडितमैत्री हुनुपर्ने बताएका छन् ।

    बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो विधेयक पीडितमैत्री र अन्तर्राष्ट्रिय मानव अधिकारको विषयलाई मध्यनजर गर्दै आए आफ्नो पार्टी सरकारलाई त्यो विधेयक पारित गराउन सहयोग गर्ने बताएका हुन् । सभापति लामिछानेले सहकारी सम्बन्धि समस्या समाधान गर्न आफ्नो पार्टीले योजना तय गरेको त्यो प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउन लागिएको पनि बताए । उनले स्थानीय सरकारको सबलीकरण र मुलुकमा विद्यमान कुशासन र दण्डहिनताविरुद्ध आफूहरुले संसदमा आवाज उठाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

    सभापति लामिछानेले भने, ‘हाम्रा केही प्राथमिकताहरु छन । स्थानीय सरकारको सबलीकरण र टिआरसी पीडितमैत्री हुने र अन्तर्राष्ट्रिय मानव अधिकारको विषयलाई मध्यनजर राख्दै हुने विषयमा रास्वपा सघाउन तयार छ । त्यसैगरी सर्वव्यापी कुशासन र दण्डहिनता विरुद्ध हामी यस पटक सदनमा हामी आवाज उठाउँछौं । आर्थिक पुनःउत्थान तथा युवा उद्यमशीलतामा केन्द्रित नीति निर्माणमा हामी यस पटक पहल गर्नेछौं ।’
    सभापति लामिछानेले दलीत, मुसहर बस्तीमा सर्वदलीय बैठक आह्वान गरी मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्ने प्रश्ताव समेत राखे ।