२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

रुपन्देहीका मातृका यादव बने राप्रपाको आमन्त्रित केन्द्रीय सदस्य

मंगलवार , माघ २३, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, २३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आमन्त्रित केन्द्रीय सदस्यमा रुपन्देहीका मातृका प्रसाद यादव मनोनित भएका छन् । उनलाई पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन । राप्रपाको विधान बमोजिम यादवलाई उक्त पदमा मनोनयन गरिएको पार्टीले जनाएको छ । 

    ‘पार्टीको सिद्वान्त र नीतिप्रति प्रतिबद्ध भइ पार्टीको बृहत्तर हितमा कार्य गर्नुहुनेछ भन्ने विश्वास लिएको छु, ’अध्यक्ष लिङ्देनले मनोनयन पत्रमा उल्लेख गरेका छन् ।

    राप्रपाका सहायक महामन्त्री ताहिर अलीले नेता मातृका यादवलाई भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा सम्मान गरी मनोनयन पत्र हस्तान्तरण गरिएको बताए ।

    422694814_899102575329639_7151911993091263472_n.jpg