२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

महामन्त्री थापाको संबाद यात्रा स्थगित

मंगलवार , माघ २३, २०८०

  • 763
    Shares
  • 763
    Shares
  • रुपन्देही २३ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुरु गर्नुभएको संबाद यात्रा स्थगित भएको छ । 

    नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री केशब बहादुर बुढाथोकीको असमायिक निधनका कारण तत्कालका लागि संवाद यात्रा स्थगित गरिएको कांग्रेसले जनाएको छ । 

    समूदायमा कांग्रेस अभियान अन्र्तगतको संबाद यात्रा अन्तरगत आज रुपन्देहीका बिभिन्न स्थानमा कार्यक्रम तय भएको थियो । 

    माघ १३ गते झापाबाट सुरु भएको महामन्त्री थापाको संबाद यात्रा हुलाकी राजमार्ग अन्तरगत जिल्लाहरुमा रहेका नेता कार्यकर्ता तथा स्थानीयसंग भेटघाट, छलफल र अन्तरक्रिया गर्दै आएको थियो ।

    रुपन्देहीमा पर्ने हुलाकी राजमार्गका क्षेत्रमा कार्यक्रम गर्ने गरी तयारी गरिएकोमा केन्द्रिय सदस्यका निधनका कारण स्थगित गरिएको र स्थगित गरिएकै स्थानबाट पुन सुचारु गरिने महामन्त्री थापाले खबरपात्रोलाई जानकारी दिए ।