२०८३, कार्तिक २ गते

Oct 18 2026 | २०८३, कार्तिक २ गते

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते

सोमवार , माघ २२, २०८०

  • 919
    Shares
  • 919
    Shares
  • रुपन्देही, २२ माघ ।

    लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते शुक्रबार दिउँसो ३ बजे आह्वान गरिएको छ ।

    लुम्बिनीको प्रदेश सरकार मन्त्रिपरिषदको निर्णयपछि मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश प्रमुख अमिश शेरचनलाई बैठक आह्वानका लागि सिफारिस गरेका थिए । 

    नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको बैठक प्रदेश सभा भवन राप्ती उपत्यका (देउखुरी) मा बस्ने गरी प्रदेश प्रमुख अमिक शेरचनद्वारा अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालय लुम्बिनी प्रदेश बुटवल, रुपन्देहीका प्रवक्ता भूमिश्वर ढकालले जानकारी दिए ।