images

बिहिवार, बैशाख २० गते २०८१

सिद्धार्थनगर नगरपालिकाले मनायो स्थापना दिवस

सिद्धार्थनगर नगरपालिकाले मनायो स्थापना दिवस

images
images
images
सोमवार, माघ २२ २०८०
सोमवार, माघ २२ २०८०
  • सिद्धार्थनगर नगरपालिकाले मनायो स्थापना दिवस

    भैरहवा, २२ माघ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थापना भएको ५६ वर्षपछि नगरपालिकाको कार्यालयले पहिलोपटक विभिन्न कार्यक्रम गरी नगर स्थापना दिवस मनाएको छ । वि.सं. २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो ।

    images
    images
    images

    तत्कालिन श्री ५ को सरकारद्वारा १० हजार ७ जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगरपञ्चायत नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ । उक्त राजपत्रको नगरपालिकाको कार्यालयले खोज गरेको थियो । स्थापना दिनको प्रमाणस्वरुप अदालतमा प्रकाशित राजपत्र फेला परेपछि सोही राजपत्रको आधारमा कार्यालयले माघ २२ गते स्थापना दिवस मनाएको हो ।

    दिवसको अवसरमा कार्यालयले विभिन्न संघ–संस्था, नगरवासीहरुको सहभागीतामा नगरमा प्रभातफेरी, शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ भने नगरबासीहरुलाई साँझ दीप प्रज्वलन गर्न समेत आग्रह गरेको छ ।

    सोमबार बिहान नगरपालिका कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नगरप्रमुख इश्तियाक अहमद खाँले स्थापना भएदेखि पहिलोपटक दिवस मनाउन पाएको खुशी व्यक्त गर्दै नगरबासीहरुलाई शुभकामना दिए । उनले माघ २२ गते नगरवासीहरुका लागि ऐतिहासिक दिन भएकोले साँझ घरघरमा दीप प्रज्वलन लगायत कार्यक्रम गरेर स्थापना दिवस मनाउन आग्रह गरे । उनले नगरलाई पर्यटकीय नगरको रुपमा विकास गरिने बताए । नगर विकासका लागि आफूहरु आएकोले क्रमशः प्राथमिकताका आधारमा विकासका कार्य गर्दै जाने उनको भनाइ छ ।

    जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले नगर क्षेत्रको विकासको लागि विधि र शासनको पालना गर्नुपर्ने विषयमा जोड दिए । उनले नगरका जनप्रतिनिधिहरुले राम्रो कार्य गरिरहेको बताउँदै अझै कामहरु गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवले पुरानो पालिकाको मध्यको सिद्धार्थनगर नगरपालिकाले विकासको गतिमा धेरै फड्को मारेको भन्दै स्थापना दिवसको शुभकामना व्यक्त गरे ।

    सो अवसरमा बोल्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले नगर क्षेत्रको विकासको लागि नगरपालिकाले आगामी दिनमा थप सशक्त रुपले योजना बनाएर अघि बढ्ने बताइन् । स्थानीय सरकार नजिकको सरकार भए तापनि हातेमालो गरेर अघि बढे मात्र विकास लगायतका कार्य सम्भव हुने उनको भनाइ छ ।

    sthapana 2.jpg

    कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सिद्धार्थनगर मुलुकको सुन्दर नगरपालिका बन्न सक्ने क्षमता भएको कारण ठूलो योजना भन्दा पनि नगर क्षेत्र भित्र रहेका योजनाहरुलाई सफल बनाउन लाग्नुपर्ने धारणा राखे ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले नगरको विकासको लागि निजी संस्थाले गर्नुपर्ने काममा सधै हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    त्यस्तै कार्यक्रममा सहभागी सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ लगायत वक्ताहरुले स्थापना दिवसको शुभकामना व्यक्त गर्दै नगरलाई पर्यटकीय सहर बनाउने गरी अगाडी बढ्न सबै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij