images

बिहिवार, बैशाख २० गते २०८१

सिद्धार्थनगरमा माघ २८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सिद्धार्थनगरमा माघ २८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

images
images
images
सोमवार, माघ २२ २०८०
सोमवार, माघ २२ २०८०
  • सिद्धार्थनगरमा माघ २८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

    भैरहवा, २२ माघ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा आगामी माघ २८ गतेदेखि फागुन १ गतेसम्म (तीनदिन) राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

    images
    images
    images

    राष्ट्रपति रनिङ शिल्डको सिद्धार्थनगर नगरपालिका स्तरीय प्रतियोगिता आयोजक समितिको बैठकले नगरपालिकाको वडा नम्बर ३ स्थित भैरहवा खेलमैदान (वन कार्यालय नजिक दरखसवा) मा प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

    प्रतियोगितामा छात्र–छात्रातर्फ भलिबल, कबड्डी, एथलेटिक्स र तेक्वान्दो खेल हुने सिद्धार्थनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव चेतनशील लम्सालले जानकारी दिए । ‘नगरमा सामूदायिक, निजी, धार्मिक गरेर कुल ७१ वटा विद्यालय छन्’ उनले भने, ‘हामीले सबैलाई अनुरोध गरिसकेका छौं, अधिकांश विद्यालयहरु सहभागी हुने अपेक्षा छ ।’

    उनका अनुसार प्रतियोगितामा एथलेटिक्स अन्र्तगत छात्रातर्फ १ सय, २ सय, ४ सय, ८ सय, १ हजार ५ सय, ३ हजार, ४ हजार १ सय, ४ हजार ४ सय मिटर र छात्रतर्फ सोही अनुसारको रिले दौड हुनेछन् ।

    त्यस्तै छात्रातर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो (६ सय ग्राम), सटफुट (८ पाउण्ड) र छात्रतर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो (८ सय ग्राम), सटफुट (१२ पाउण्ड) पनि खेल हुने बताइएको छ ।
    त्यस्तै तेक्वान्दो खेलको छात्रातर्फ अण्डर ४२ के.जी, ४४ के.जी, ४६ के.जी, ४९ के.जी, ५२ के.जी तौल समूह, एकल पुम्से तथा छात्रतर्फ अण्डर ४५ के.जी, ४८ के.जी, ५१ के.जी, ५५ के.जी, ५९ के.जी तौल समूहका र एकल पुम्सेका खेलाडी सहभागी हुने सिद्धार्थनगर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत जानह्वी पाण्डेले बताइन्  ।

    ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कार्यविधि अनुसार प्रतियोगिता सञ्चालन गर्ने नगरपालिकास्तरीय प्रतियोगिता आयोजक समितिले निर्णय गरेको छ’ उनले भनिन्, ‘सोही कार्यविधि अनुसार प्रतियोगिता सञ्चालन हुनेछ ।’ उनका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर १८ वर्ष ननाघेको, भलिबल, कबड्डी, एथलेटिक्स र तेक्वान्दो खेलमध्ये एक खेलमा मात्र सहभागी हुन पाउने, अन्तर्राष्ट्रिय खेल खेलका खेलाडीलाई खेलमा समावेश नगरिने लगायत प्रतियोगिताको कार्यविधी अनुसार हुनेछ ।

    प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका खेलाडीहरु राष्ट्रपति रनिङ शिल्ड रुपन्देही जिल्लास्तरीय प्रतियोगितामा सहभागीताका लागि छनौट हुने नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका नायब सुब्बा कृष्ण पोखरेलले बताए ।

    प्रतियोगतामा प्रथम हुने टीम र खेलाडीलाई राष्ट्रपति रनिङ शिल्ड, मेडल, प्रमाणपत्र र समूह खेलमा प्रथम, द्वितीय तथा तृतीय हुने विजेतालाई ट्रफी, प्रमाणपत्र लगायत प्रदान गरिने नगरपालिकाको कार्यालयले जनाएको छ । प्रतियोगता अन्र्तगत कुल ८८ वटा खेलहरु हुनेछन् । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij