images

बिहिवार, बैशाख २० गते २०८१

बुटवलमा क्षयरोग स्क्रिनिङ्ग शिविर सुरु

बुटवलमा क्षयरोग स्क्रिनिङ्ग शिविर सुरु

images
images
images
सोमवार, माघ २२ २०८०
सोमवार, माघ २२ २०८०
  • बुटवलमा क्षयरोग स्क्रिनिङ्ग शिविर सुरु

    बुटवल ,२२ माघ । बुटवल उपमहानगरपालिकाले क्षयरोग स्क्रिनिङ्ग शिविर सुरु गरेको छ । क्षयरोग मुक्ति पालिका घोषणा अभियान अन्तरगत अति जोखिम तथा स्वास्थ्य संस्थाबाट टाढा रहेका समुदायका लागि वडामै पुगेर शिविर सुरु गरेको हो । आईतबादेखि बुटवल वडा नं. १ देखि सुरु भएको हो ।

    images
    images
    images

    बुटवल उपमहानगरपालिका वडा नंं. १ का वडा अध्यक्ष नरेन्द्र बस्नेतले शिविरको उद्घाटन गर्दै जोखिममा रहेका ब्यक्तिलाई घरमै पुगेर खकारको नमुना संकलन गरेर परिक्षण गरिने बताए । क्षयरोग नियमित औषधी सेवनबाट निको हुने भएकाले परिक्षण गराएर समयमा नै उपचार गर्नको लागि उनले आग्रह गरे ।

    क्षयरोग मुक्ति पालिका घोषणा अभियान अन्तरगत शिविर संचालन गरिएको बताउँदै बस्नेतले यस अभियानमा सबैले साथ दिनु पर्ने बताए । बुटवल उपमहानगरपालिका जनस्वास्थ्य प्रमुख युवराज पाण्डेयले १९ वटै वडामा स्वास्थ्यकर्मी पुगेर शिविर संचालन गरिने जानकारी दिए । शिविरमा खकारको नमुना संकलन गरि क्षयरोग भए–नभएको परीक्षण गरिने उनले जानकारी दिए ।

    क्षयरोग भेटिएमा निःशूल्क रुपमा उपचार गरिने भएकाले शिविरमा आएर खकार परिक्षण गराउनको लागि उनले आग्रह गरे । स्वास्थ्य संस्थामा पुगेर खकारको नमुना समेत परिक्षण गराउन नसक्ने समुदायलाई लक्षित गरि शिविर संचालन गरिएको पाण्डेयको भनाई छ । शिविरमा आउन नसक्ने बिरामीलाई घरघरमा स्वास्थ्यकर्मी पुगेर पनि नमुना संकलन गरेर उपचारमा सहयोग पुराउने उनले जानकारी दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij