२०८२, फाल्गुण २७ गते

Mar 11 2026 | २०८२, फाल्गुण २७ गते

‘समुदायमा कांग्रेस’अभियान : सिद्धार्थनगर–९ मा सरसफाई

आइतवार , माघ २१, २०८०

  • 1000
    Shares
  • 1000
    Shares
  • भैरहवा, २१ माघ ।
    नेपाली कांग्रेसको जारी ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत आइतबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित गोलिगढमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । 

    कार्यक्रममा बोल्दै कांग्रेस क्षेत्र नम्बर ३ का सभापति तथा युवा नेता सुशील गुरुङ्गले यो कार्यक्रमले टोल–छिमेकमा सरसफाईका साथ नागरिकलाई स्वास्थ्यप्रति सजक रहन पनि सरसफाईमा ध्यान दिनुपर्ने कुरामा जनचेतना फैलाउन सहयोग पुग्ने बताए । उनले पार्टीलाई तल्लो तहका समस्याहरुलाई नजिकबाट बुझ्न र समाधान गर्न सहज हुने बताए ।

    गोलिगढ टोल सुधार समितिको सहयोग तथा समन्वयमा सरसफाई कार्यक्रम भएको कांग्रेसले जनाएको छ । कार्यक्रममा सरसफाईका लागि आवश्यक झाडु, माक्स, ग्लोब्स आदि सामग्रीहरु टोल सुधार समितिका संयोजक युवराज पाण्डेलाई हस्तान्तरण गरिएको थियो । 

    कांग्रेस सिद्धार्थनगर वडा नम्बर ९ का सभापति श्यामसुन्दर खनालको सभापतित्व तथा कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीका सभापति सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका क्षेत्रीय सचिव एवं प्रवक्ता लेखनाथ भट्टराई, कोषाध्यक्ष कृष्ण खनाल, नगर सचिव अनिल कुमार के.सी., समाजसेवी राममिलन यादव, शिक्षक देवराज पन्थी, आकाश पौडेल, ओम खनाललगायतको सहभागीता रहेको थियो ।

    WhatsApp Image 2024-02-03 at 10.51.38 AM.jpeg

    कार्यक्रमको सञ्चालन कांग्रेस सिद्धार्थनगर–९ का सचिव फणेन्द्र पौडेलले गरेका थिए ।

    माघ १६ देखि सुरु भएको ‘समुदायमा कांग्रेस’ अभियान माघ २६ गतेसम्म सञ्चालन हुनेछ ।