images

बिहिवार, बैशाख २० गते २०८१

सिद्धार्थनगर नगरपालिकाले सोमबार नगर स्थापना दिवस मनाउँदै

सिद्धार्थनगर नगरपालिकाले सोमबार नगर स्थापना दिवस मनाउँदै

images
images
images
आइतवार, माघ २१ २०८०
आइतवार, माघ २१ २०८०
  • सिद्धार्थनगर नगरपालिकाले सोमबार नगर स्थापना दिवस मनाउँदै

    भैरहवा, २१ माघ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर स्थापना दिवस मनाउने भएको छ । कार्यालयले माघ २२ गते सोमबार विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाउने भएको हो ।

    images
    images
    images

    वि.सं. २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको रुपमा हालको सिद्धार्थनगर नगरपालिका स्थापना भएको थियो । स्थापना भएदेखि कार्यालयले पहिलोपटक स्थापना दिवस मनाउन लागेको हो ।

    ‘माघ २२ गते हामी सबै नगरवासीहरुको लागि ऐतिहासिक दिन हो’ नगरप्रमुख इश्तियाक अहमद खानले भने, ‘त्यसैले उक्त दिन विभिन्न कार्यक्रम गरी हर्षोउल्लासका साथ मनाउने र मनाउनका लागि नगरवासीहरुमा आग्रह समेत गर्दछौँ ।’

    स्थापना दिवसको अवसरमा नगरमा प्रभातफेरी, शुभकामना आदानप्रदान, दीप प्रज्वलन लगायत कार्यक्रम गरी मनाइने सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष तथा कार्यक्रम संयोजक पुरन प्रसाद श्रेष्ठले जानकारी दिए । 

    सोमबार बिहान प्रभातफेरी, साँझ दीप प्रज्वलन लगायत कार्यक्रममा सहभागिताका लागि नगरपालिकाको कार्यालयले विभिन्न संघ–संस्था लगायत नगरवासीहरुलाई आग्रह गरेको छ । त्यस्तै दिवसको अवसरमा कार्यालयले टोल, घर, संघ–संस्था लगायतको कार्यालयहरुमा साँझ दीप प्रज्वलन गर्नका लागि पनि नगरवासीहरुलाई आग्रह गरेको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij