२०८३, आषाढ ३१ गते

Jul 15 2026 | २०८३, आषाढ ३१ गते

सरकारले क्यान्सर रोग न्युनिकरणका लागि कुनै कसर बाँकि राख्दैन : स्वास्थ्यमन्त्री बस्नेत

आइतवार , माघ २१, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, २१ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले क्यान्सर रोग न्युनिकरणका लागि सरकारले कुनै कसर बाँकि नराख्ने बताएका छन् ।

    आईतवार विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले क्यान्सर रोग तत्काल उन्मुलन गर्नसक्ने अवस्था नभएको उल्लेख गर्दै त्यसको न्युनिकरणका लागि सरकारले कुनैपनि कसर बाँकि नराख्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    उनले क्यान्सर न्युनिकरणका लागि आ–आफ्नो ठाउँबाट सकेको योगदान पु¥याउन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिए। मन्त्री बस्नेतले क्यान्सर रोग बिरुद्ध लडने आधार तत्काल पार्न पनि मातहतका निकायलाई सचेत गराए । उनले सम्बन्धित निकायले सचेत भएर काम गरे क्यान्सर रोग नियन्त्रण गर्न कुनै कठिनाई नहुने समेत स्पष्ट पारे ।

    त्यस अवसरमा मन्त्री बस्नेतले सरकारले क्यान्सर रोग बिरुद्ध लड्न एकीकृत रणनीतिक योजना बनाउने पनि बताए