२०८२, चैत्र ७ गते

Mar 21 2026 | २०८२, चैत्र ७ गते

क्षयरोग मुक्त नेपालका लागि औषधीउपचारका साथै जनचेतना आवश्यक : स्वास्थ्यमन्त्री बस्नेत

शुक्रवार , माघ १९, २०८०

  • 964
    Shares
  • 964
    Shares
  • काठमाडौं, १९ माघ । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले क्षयरोग मुक्त नेपालका लागि औषधीउपचारका साथै जनचेतना आवश्यक रहेको बताएका छन् । 

    शुक्रबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा आयोजित क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दोश्रो चरणको कार्यक्रम शुभारम्भ गर्दै बस्नेतले घर घरमा पहुँच हुने स्थानीय सरकारले क्षयरोग मुक्त नेपाल बनाउनका लागि जनचेतना फैलाउनुपर्ने बताएका हुन् ।

    करिव ८ अर्व स्वास्थ्य क्षेत्रमा ग्लोवल फण्डबाट पैसा आउने गरेको भन्दै यसको सदूपयोग गर्नेमा आफुले जोड दिएको उनले बताए । उनले स्वास्थ्य क्षेत्रमा आफुले राम्रो काम गर्दा सफल हुन नदिने षडयन्त्र भएपनि आफुलाई प्रधानमन्त्री लगाएत सवैको साथ रहेकाले निरन्तर सुधारका काममा अघि बढ्ने जिकिर गरे । मन्त्री बस्नेतले पहुँचका भरमा सधैभरी सुविधा सम्पन्न अस्पतालमा बस्ने व्यवस्थालाई अन्त्य गरि ८ सय बढि चिकित्सकहरुलाई दुर्गम क्षेत्रमा उपचार सेवा प्रदान गर्न पठाइएको धारणा राखे ।

    त्यसअघि स्वास्थ्य मन्त्री बस्नेतले शुक्रबार नै सिन्धुपाल्चोकस्थीत चौतारा अस्पतालको निरिक्षण गरेका थिए । सो क्रममा उहाले सर्वसाधारणको उपचारमा कमी हुन नदिने गरि काम गर्न निर्देशन दिएका थिए ।