२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

बुटवलमा ६ क्वीन्टल मरेका माछा बरामद

बिहिवार , माघ १८, २०८०

  • 865
    Shares
  • 865
    Shares
  • भैरहवा, १८ माघ ।
    प्रहरीले भारतबाट बुटवलतर्फ ल्याइँदै गरेको ६ सय केजी (६ क्वीन्टल) मरेको माछा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीको टोलीले भन्सार छलेर बुटवलतर्फ ल्याउँदै गरेको उक्त परिमाणको मरेको माछा बरामद गरेको हो ।
     
    बुधबार बुटवल उपमहानगरपालिका वडा नम्बर स्थित ११ योगिकुटीचोकमा भैरहवाबाट आउँदै गरेको माइक्रोबस चेकजाँचका क्रममा बैखी जातको माछा बरामद भएको हो ।
     
    भन्सार छली चोरी निकासी गरी अवैध बैखि जातका माछा ओसारपोसार भइरहेको सूचनाको आधारमा भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको माइक्रोबस चेकजाँच गर्दा बसको पछाडि डिक्कीमा लुकाइछिपाई राखिएको प्लाष्टिकको ८ वटा बोरामा ६ क्वीन्टल बैखी जातका मरेका माछा फेला परेको बुटवल प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डितले बताए ।
    FISH .jpg
     
    बरामद भएको माछालाई स्थानीय प्रतिनिधिको रोहबरमा ईलाका प्रहरी कार्यालयको कम्पाउण्डभित्र खाडल खनेर नष्ट गरिएको डीएसपी पण्डितले जानकारी दिए ।