
बुधवार , माघ १७, २०८०
भैरहवा, १७ माघ ।
रोटरी क्लब अफ मणिग्रामले पाल्पाको तिनाउ गाउँपालिका झुम्सास्थित तिनाउ माध्यमिक विद्यालयमा होस्टलमा बस्दै आएका विद्यार्थीहरुलाई लक्षित गरी चार थान हिटर प्रदान गरेको छ ।
पहाडी जिल्ला भएकाले चिसोलाई मध्यनजर गर्दै हिटर प्रदान गरिएको क्लबले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकनाथ बस्याल र विद्यालयका प्रधानाध्यापक झविन्द्र ज्ञवालीलाई हिटर हस्नान्तरण गरिएको हो । कार्यक्रमको सञ्चालन शिक्षक शिवनाथ पाण्डेले गरेका थिए ।
यसैबीच क्लबको रोटा वर्ष २०२३।२४ को तेस्रो क्लब एसेम्ब्ली सम्पन्न भएको छ ।
अध्यक्ष निर्मल बस्यालको अध्यक्षता तथा सचिव नविन अर्यालको सञ्चालनमा भएको एसेम्ब्लीमा असिस्टेण्ट गभर्नर जमुना पौडेलले लक्ष्यअनुसारका काम सम्पन्न गरी रोटरी अभियानलाई अघि बढाउन आग्रह गरेकी थिइन् ।
कार्यक्रममा रोटरी क्लबका चेयर संयोजकहरु कृष्ण नेपाल, केशव न्यौपाने, तुल्सी पौडेल, सागर पाठक र सागर पाण्डेले आ–आफनो कमिटीका प्रतिवेदन पेश गरेका थिए ।
एसेम्ब्ली कार्यक्रममा क्लबका पूर्वअध्यक्ष अच्युत पन्त, निवर्तमान अध्यक्ष दुर्गाप्रसाद अर्याल, उपाध्यक्ष सुरज भण्डारीलगायतले पनि मन्तब्य ब्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij