२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण

मंगलवार , माघ १६, २०८०

  • 991
    Shares
  • 991
    Shares
  • काठमाडौं, १६ माघ । ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ । 

    सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनलाई संकलन गरेर प्रकाशित गरिएको सो पुस्तक लोकार्पण गरेका हुन् ।

    पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका विषयलाई समावेश गरिएको लेखक सानीमैँया खड्काले जानकारी दिए ।

    २०४८ सालदेखि २०७४ सालसम्म ओलीले संसदको २३ वटा अधिवेशनमा भाग लिएको पनि पुस्तकमा उल्लेख गरिएको छ ।