२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

मर्चवारमा ‘पानी परीक्षण घुम्ती सेवा’ सञ्चालन

मंगलवार , माघ १६, २०८०

  • 943
    Shares
  • 943
    Shares
  • भैरहवा, १६ माघ ।
    रुपन्देहीको मर्चवार क्षेत्रमा हाते पम्पहरुबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएपछि शुद्ध खानेपानी परीक्षण अभियान सञ्चालन गरिएको छ । जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवको पहलमा खानेपानी सुरक्षा योजना अन्तर्गत खानेपानी मन्त्रालयको सहयोगमा यो अभियान सञ्चालन गरिएको हो । ‘पानी परीक्षण घुम्ती सेवा’ मार्फत हातेपम्पहरुको पानी परीक्षण गरिनेछ ।

    सोमबार मर्चवारी गाउपालिका वडा नम्बर ६ र ७ मा खानेपानी परिक्षण गरिएको छ । परीक्षण रिर्पोट खानेपानी मन्त्रालयमा पठाएर विशेष किसिमको योजना सञ्चालन गरिने जनमत पार्टीका केन्द्रीय सचिव यादवले जानकारी दिए । उनले आर्सेनिक मिसिएको पानी पिउँदा यसले तत्कालै असर नगरे पनि लामो समयसम्म लगातार पिउँदो दीर्घ रोगहरु लाग्न सक्ने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको बताए । ‘स्वास्थ्य नै मानिसको धन हो, जनताको स्वास्थ्यमा ध्यानलाई मध्यनजर गर्दै यो कार्यक्रम सञ्चालन गरिएको हो, शुद्ध खानेपानीको प्रयोगबाट विभिन्न किसिमका रोग लाग्नबाट बञ्च सकिन्छ, ’उनले भने ।

    8c4641c4-5479-4234-b2ed-fa874bebbc69.jpeg

    शुद्ध सफा खानेपानी अभियान कार्यक्रममा जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य रामकेश गुप्ता, केन्द्रिय सदस्य रामु यादव, निर्मला हरिजन, रामशुमेर ठाकुर, रुपचन यादव, रामसेवक खरबिन्द, राजु यादव, मुरली चौधरी, सुग्रीम यादव, अजय गुप्ता, रामाशंकर यादव तथा स्थानीयबासीहरुको सहभागीता रहेको थियो ।