२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

मायादेवीका अध्यक्ष ध्रुवनारायण चौधरी नेपाल थारु संघको केन्द्रीय सदस्यमा मनोनित

सोमवार , माघ १५, २०८०

  • 895
    Shares
  • 895
    Shares
  • भैरहवा, १५ माघ ।
    नेपाली कांग्रेस निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा रुपन्देहीको मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरी मनोनित भएका छन् । मायादेवी गाउँपालिकाको अध्यक्षमा दोस्रोपटक निर्वाचित चौधरी संघको केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा मनोनित भएका हुन् । उनी कांग्रेसका महासमिति सदस्य समेत हुन् ।
    उनीसहित ९८ जना सदस्य मनोनित भएका हुन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार सदस्यहरु मनोनित गरेका हुन् ।

    रुपन्देहीबाट थारु संघको केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा ध्रुवनारायणसहित सरिता चौधरी, लक्ष्मी चौधरी, प्रेमकुमारी चौधरी र सन्तराम चौधरी मनोनित भएको कांग्रेसले जनाएको छ ।

    नेपाल थारू संघ शिवनारायण महतो गुरौको अध्यक्षतामा छ । संघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा पार्टी सभापति देउवाले मनोनित गरेकाहरुको नामावली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन् ।