२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

स्टेशनरी व्यवसायी महासंघ बुटवलको अध्यक्षमा भुसाल

आइतवार , माघ १४, २०८०

भैरहवा, १४ माघ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बुटवल उपमहानगरको भेला तथा तेस्रो अधिवेशनले रामप्रसाद भुसालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको अस्मिता काफ्ले घिमिरे, सचिवमा सरोज खनाल  र कोषाध्यक्षमा अर्जुन बस्याल रहेका छन् ।

त्यसै गरी कार्यसमिति सदस्यहरुमा थ्रिलाल भट्टराई, पुष्पा भण्डारी, गोकुल पन्थ, विष्णु प्रसाद ज्ञवाली, भोजराज अधिकारी, विराज पोख्रेल, गोविन्द ज्ञवाली, अमित अर्याल, साहाश शर्मा निर्वाचित भएको निर्वाचन अधिकृत हेमानन्द शर्माले जानकारी दिए । 

निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रमम सम्पन्न भएको छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिका पदाधिकारी सदस्यहरुलाई निर्वाचन अधिकृत हेमानन्द शर्माले सपथग्रहण गराए । त्यस्तै संस्थाका निर्वतमान अध्यक्ष बोधराज शर्माले नवनिर्वाचित अध्यक्ष रामप्रसाद भुसाललाई पदस्थापन गराए ।

त्यसै गरी निर्वतमान सचिव राजु भारीले नवनिर्वाचित सचिव सरोज खनाललाई माईन्यूट हस्तान्तरण गरे । 
कार्यक्रममा पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य गणपति पाण्डे, महासंघका निवर्तमान जिल्ला अध्यक्ष रामकृष्ण चापागाई, निर्वाचन अधिकृत हेमानन्द शमा, जिल्ला उपाध्यक्ष तथा निवर्तमान नगर अध्यक्ष बोधराज शर्मा, महासंघ जिल्ला सचिव बालकृष्ण भण्डारी, पत्रकार केशव भण्डारी, दिपेन्द्र जिसी, राजु भारी लगायतले बोल्दै व्यवसायीका हकअधिकारसँगै व्यवसायिक कर्तव्य पालना गरेर अगाडि बढ्न आग्रह गरेका थिए । 

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रामप्रसाद भुसालले समितिले व्यवसायीका हकहित र सामाजिक दायित्वलाइ सिरोर्धाय गरेर अगाडि बढ्ने बताए । नवनिर्वाचित उपाध्यक्ष अस्मिता काफ्लेको स्वागत तथा सचिव सरोज खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।