२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

इन्टलेक्चुअल स्कूलमा खाना महोत्सव तथा व्यापार मेला

शनिवार , माघ १३, २०८०

बुटवल, १३ माघ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिकानगर, भुवनसिंह मार्गस्थित इन्टलेक्चुअल स्कूलका विद्यार्थीहरुले  शनिबार खाना महोत्सव तथा व्यापार मेला आयोजना गरेका छन् ।

विद्यार्थीहरुमा किताबी ज्ञानसँगै व्यवहारिक र व्यवसायिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरु आफैले खानाका परम्परागत परिकार बनाएको विद्यालयले जनाएको छ । विद्यालयकाअनुसार विद्यार्थीहरुले सीपसँगै व्यवसायिक ज्ञानका लागि बनाएका परिकारहरु अभिभावकहरुलाई विक्री गरेका थिए ।

सोही कार्यक्रममा विद्यार्थीहरुले फलफूल तथा तरकारी स्टल राखेर व्यापार मेला पनि लगाएका थिए । विद्यार्थीहरुले राखेको तरकारी तथा फलफूलको स्टलबाट पनि अभिभावकहरुले सामान खरिद गरेका थिए । 

यो कार्यक्रममा कक्षा ५, ६, ७ र ९ कक्षाका विद्यार्थीहरुको सहभागीता रहेको थियो । सानै उमेर र सानै कक्षादेखि नै विद्यार्थीहरुलाई उनीहरुको जीवनमा चाहिने ज्ञान र सीपको विकासले मात्रै सिकाई पूर्ण हुने भएकाले बेलाबेलामा विद्यालय बाहिर लगेर पनि फरकफरक क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागीता गराउदै आएको विद्यालयले जनाएको छ । सो अवसरमा विद्यालयले लिएको दोस्रो त्रैमासिक परिक्षाको नतिजा पनि सार्वजनिक गरिएको थियो ।