२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

मारवाडी युवा मञ्च भैरहवामा नयाँ नेतृत्व, मनिष बने अध्यक्ष

शनिवार , माघ १३, २०८०

भैरहवा, १३ माघ ।
मारवाडी युवा मञ्च भैरहवाको छैठौं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भैरहवामा सम्पन्न अधिवेशनले मनिष अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

मञ्चको उपाध्यक्षमा अशोक डागा, अंकित महेशवरि, महासचिवमा सुशील बंसल, कोषाध्यक्षमा अनिल शर्मा, सचिवमा निखिल महेश्वरी र सह–कोषाध्यक्षमा शुभम भारद्ववाज निर्वाचित भएको निवर्तमान अध्यक्ष बिनित बेरिवालले बताए ।

निवर्तमान अध्यक्ष बेरिवालका अनुसार मञ्चको कार्यकारणी सदस्यमा मोहित सेठिया, दामोदर शर्मा, गोपाल मोहता, नितेश शर्मा, अर्चित बेरिवाल, विवेक बथवाल, राजेश अग्रवाल, भारत मिश्रा ऋषि मुरारका र प्रशांत तुलस्यान निर्वाचित भएका छन् ।

त्यस्तै मञ्चको सल्लाहकारमा सन्दिप अग्रवाल, सुनिल सेठिया, मनोज अग्रवाल, मनोज सिंघल, संजय बंसल, मनिष गर्ग र विजय बंसल चयन भएको कार्यक्रम संयोजक शुभम भारद्ववाजले बताए ।

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष मनोज अग्रवालको प्रमुख आतिथ्यता, मारवाडी युवा मञ्च भैरहवाका पूर्वअध्यक्ष सुनिल सेठियाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।