२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्य निर्वाचित

बिहिवार , माघ ११, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • विराटनगर । नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्। बिहीबार भएको मतगणनाबाट सिटौला निर्वाचित भएका हुन्। उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।

    सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन्। कोशीमा नेकपा एमाले र राप्रपा गठबन्धनबाट राप्रपाका उद्धव पौडेल पराजित भए। उनले चार हजार पाँच सय ६२ मतभार ल्याएका छन्।