२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

लुम्बिनीमा मतदान सम्पन्न, २ मत खसेन

बिहिवार , माघ ११, २०८०

  • 742
    Shares
  • 742
    Shares
  • दाङ, ११ माघ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको लागि भएको मतदान सकिएको छ । ३०५ मतदाता रहेकोमा ३०३ मत खसेको र बाँकी दुई जना नआउने जानकारी गराएकाले मतदानको काम सकिएको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए ।

    मतदानमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र  स्थानीय तहका २१८ मत मध्ये २१६ मत खसेको र दुई मत खस्न बाँकी रहेको थियोे ।

    मतदानको समय ३ बजे सम्म रहेपनि बाँकेको नरैनापुर गाउँ पालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँ पालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउन नसक्ने जानकारी गराएपछि मतदानको काम सम्पन्न भएको हो ।

    दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र २१८ स्थानीय तहका प्रमुख उपप्रमूख गरि ३०५ मतदाता रहेका थिए भने ६ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।

    अहिले मुचुल्का तयारीको काम भैरहेको र ३ बजेपछि मत गणनाको काम शुरु हुने निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए ।