२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

शिशु ज्ञानकुन्जमा अभिमुखीकरण

बुधवार , माघ १०, २०८०

बुटवल, १० माघ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शिशु ज्ञानकुन्ज मन्टेश्वरी स्कूलमा बाल मनोविज्ञान सचेतना कार्यक्रम अन्र्तगत दुईदिने अभिमुखिकरण प्रदान गरिएको छ । 

प्राचार्य रीता शर्माले अभिभावकहरुको सहभागीतामा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको जानकारी दिइन् । सो कार्यक्रममा मरामर्श तथा मनोविज्ञ सृष्टि खरेले प्रशिक्षण प्रदान गरेकी थिइन् । 

कार्यक्रममा विद्यालयका अध्यक्ष चन्द रावल, अभिभावक एमएल पाण्डे, सुनिता न्यौपाने, शिक्षक तुल्सी थापा लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।