२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

मणिमुकुन्द कलेजमा स्पोर्ट्स मिट सुरु

बुधवार , माघ १०, २०८०

बुटवल, १० माघ । 
मणिमुकुन्द कलेज बुटवलमा स्पोर्टस् मिट सुरु भएको छ । स्पोर्टस् मिटको कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले उद्घाटन गरे । सो अवसरमा बोल्दै प्राचार्य क्षेत्रीले खेलकुदमा भाग लिने विद्यार्थीको विद्यार्थीको शारीरिक मात्र नभई मानसिक स्वास्थ्य पनि राम्रो हुने भएकाले हरेकको जीवनमा खेलकुद महत्वपूर्ण पक्ष भएको बताए ।

विद्यार्थीमा रहेको खेल प्रतिभा प्रष्फुटन गराउँदै भविष्यमा कुशल खेलाडी उत्पादनका लागि कलेजले सकेसम्म धेरै विद्यार्थीलाई स्पोर्टस् मिटमा सहभागी गराउने उद्देश्य राख्ने गरेको उनले बताए ।

कलेजले शैक्षिक गुणस्तरसँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै प्राथमिकता दिएको हुँदा हालै बुटवलमा हिसानले आयोजना गरेको जिल्लास्तरीय हाजिरीजवाफ र पुरुष भलिबलमा मणिमुकुन्दका विद्यार्थी प्रथम हुन सफल भएको जानकारी गराए ।

कलेजका सह–प्राचार्य दिवाकर खनालले अनुशासनपूर्वक खेलेर आफ्नो क्षमता प्रदर्शन गर्न सुझाव दिंदै जीत हार भन्दा पनि प्रतियोगितामा सहभागीता जनाउँदा पनि धेरै कुरा सिक्न सकिने बताए ।

कलेजका संयोजक पशुपति चौधरीले चार दिनसम्म चल्ने स्पोर्टस् मिटमा क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, चेस लगायतका खेलहरू खेलाइने जानकारी दिए ।