images

शनिवार, बैशाख १५ गते २०८१

राममन्दिरमा प्राण प्रतिष्ठा गर्ने दिन सोमबार रोहिणीमा स्थानीय बिदा

राममन्दिरमा प्राण प्रतिष्ठा गर्ने दिन सोमबार रोहिणीमा स्थानीय बिदा

images
images
images
आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • राममन्दिरमा प्राण प्रतिष्ठा गर्ने दिन सोमबार रोहिणीमा स्थानीय बिदा

    भैरहवा, ७ माघ ।
    रुपन्देहीको रोहिणी गाउँपालिकाले सोमबार (भोलि) सार्वजनिक विदा दिएको छ । श्रीराम जन्मभूमि भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा माघ ८ गते (जनवरी २२ तारिख ) सोमबार हुने प्राण प्रतिष्ठाका दिन गाउँपालिकाले विदा दिएको हो ।

    images

    सोमबार अत्यावश्यक सेवाबाहेक गाउँ कार्यपालिकाको कार्यालय र गाउँपालिका अन्तर्गतका सबै निकाय (विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय) बन्द रहने गाउँपालिकाले जनाएको छ ।

    सोमबार गाउँपालिका क्षेत्रभित्र समेत विभिन्न मठ मन्दिरहरुमा सोही प्रकृतिका प्राण प्रतिष्ठा लगायतका कार्यक्रम रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । अध्यक्ष यादवले सोमबार आ–आफ्नो घर तथा घर नजिकै रहेको राम जानकी मन्दिरहरुमा दीप प्रज्जवलन गर्न अपील गरेका छन् ।

    साथै भोलि गाउँपालिका क्षेत्रभर कुनै पनि प्रकारको पशुपन्छी तथा जीवजन्तुको बध नगर्न तथा माछा, मासु एवं मदिराजन्य पदार्थ विक्रीवितरण समेत नगर्न उनले अपील गरेका छन् ।

    421232055_122118818786156839_6498804983910286740_n.jpg

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij