२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

माइतीघरको निषेधाज्ञा खारेज गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रेका नेविसंघ आवद्ध विद्यार्थी प्रहरी नियन्त्रणमा

आइतवार , माघ ७, २०८०

  • 610
    Shares
  • 610
    Shares
  • काठमाडौं, ७ माघ । माइतीघरमा लगाएको निषेधाज्ञा खारेज गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रेका नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    माइतीघरको निषेधाज्ञा खारेज गर्नुपर्ने नारा लगाउदै सो क्षेत्रमा प्रदर्शन गर्न खोज्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नागरिक स्वतन्त्रता कायम गर, निषेधाज्ञा फिर्ता गर लगाएतका प्लेकार्ड सहित उनीहरुले प्रदर्शन गरेका थिए । माइतिघरमा लगाएको निषेधाज्ञाका कारण नागरिकको स्वतन्त्रता हनन भएकाले प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।

    माइतिघरको निषेधाज्ञा विरुद्ध पछिल्लो समय दैनिक रुपमा प्रदर्शन हुँदै आएको छ । सुरक्षाको कारण देखाउदै प्रशासनले माइतिघरमा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी हुनु अघि बिभिन्न समूहहरुले माइतिघरमा धर्ना, अनसन, प्रदर्शन लगाएतका कार्यक्रम गर्दै आएका थिए ।