२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

दुर्गा सामुदायिक सेवा केन्द्रद्वारा कम्बल वितरण

शनिवार , माघ ६, २०८०

भैरहवा, ६ माघ ।
श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ ले कम्बल वितरण कार्यक्रम गरेको छ । 

चिसो मौसमलाई मध्यनजर गर्दै विपन्न तथा वृद्धवृद्धालाई कम्बल वितरण गरिएको सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताले बताए । उनले समाजमा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहेको बताए । अध्यक्ष गुप्ताले लागूऔषध दुव्र्यसनी न्यूनीकरण तथा विभिन्न आपराधिक घटना हुन नदिन सुरक्षा निकायसँग हातेमालो गर्दै विभिन्न कार्यक्रम गरिने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले चिसो मौसममा कम्बल वितरण कार्यक्रमले राम्रो सन्देश दिने बताए । उनले सामुदायिक प्रहरीले यस्तै खालका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । एसपी वि.क.ले समाजलाई सुरक्षित बनाउन तथा विकृति र विसंगतिविरुद्ध सामूदायिक प्रहरीको भूमिका र यसले गरेका कार्यक्रमबारे छिट्टै अन्तरक्रिया गरिने बताए ।

त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायले श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) ले राम्रो काम गरेको बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ दुर्गाकलोनीस्थित संस्थाको सभाहलमा शनिबार भएको कार्यक्रममा ५१ जनालाई कम्बल वितरण गरिएको श्री दुर्गा सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष आनन्द प्रसाद न्यौपानेले जानकारी दिए ।

kml.jpg

श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ का अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता, रुपन्देही प्रहरी प्रमुख भरत बहादुर वि.क.को प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक तथा सेवा केन्द्रकी सह–कोषाध्यक्ष रविना भण्डारीको स्वागत तथा महासचिव शान्ता कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कम्बल वितरण कार्यक्रमको सह-आयोजकमा रोटरी क्लब अफ भैरहवा, रेड विंग्स् रेष्टुरेण्ट एण्ड बार, सक्षम सहारा बहुउद्देश्यीय महिला समूह सिद्धार्थनगर नगरपालिका–६ किशोरपुर र दिदीबहिनी समूह किशोरपुर रहेका थिए ।

mkkl.jpg