२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

प्यारामाउण्टमा चारदिने रोबोटिक गोष्ठी सुरु

शुक्रवार , माघ ५, २०८०

तिलोत्तमा, ५ माघ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ स्थित प्यारामाउण्ट बोर्डिङ हाई स्कूलमा चार दिने रोबोटिक गोष्ठी सुरु भएको छ । कक्षा ९, १०, ११ र १२ का २५ जना विद्यार्थीहरूको सहभागीता रहेको गोष्ठीको उद्घाटन गर्दै विद्यालयका संस्थापक प्राचार्य दामोदर भुसालले विद्यार्थीहरूले पढेका कुरा व्यवहारमा लागू गर्न र नवीन सिर्जनामा लाग्न यस प्रकारका गोष्ठीले टेवा पुग्ने बताए ।  

गोष्ठीमा माध्यमिक तहका विद्यार्थीहरूलाई सहभागी गराइएको विद्यालयका  विज्ञान संकायका संयोजक सुरज बस्यालले बताए । आइएचआर नेपालसँगको सहकार्यमा सुरु भएको गोष्ठीमा इलेक्ट्रिक सर्किट, माइक्रो कन्ट्रोलर आर्डभिनो हेण्डलिङ, सर्भोमोटर आइओटी, लगायत अन्य विभिन्न प्रोजेक्टहरू बनाइने बस्यालले जानकारी दिए । गोष्ठीमा इन्जिनियर अनुप पौडेल र हिमाल कुँवरले सहजीकरण गरेका छन् ।