images
images

आइतवार, जेठ ६ गते २०८१

गैडहवामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

गैडहवामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

images
images
images
शुक्रवार, माघ ५ २०८०
शुक्रवार, माघ ५ २०८०
  • गैडहवामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    भैरहवा, ५ माघ ।
    रुपन्देहीको गैडहवा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८० सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद सबैका लागि खेलकुद’ को मूल नाराका साथ पाँचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता माघ ७ गतेसम्म सञ्चालन हुनेछ ।

    images
    images
    images

    बिहीबार प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले खेलकुद मानव जीवनमा ज्यादै महत्वपूर्ण र स्वास्थ्यको लागि एकदमै आवश्यक रहेको बताए । खेलकुदमा हारजित हुनु स्वभाविक भएकाले प्रतिष्पर्धाबाट विद्यार्थीहरुमा आत्मबल बढ्ने बताउँदै उनले खेलकुदको जगतमा पहिचान स्थापित गर्न गैडहवा गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । खेलकुदलाई प्रोत्साहन गरी विद्यार्थीहरुको मनोबललाई उच्च राख्दै खेलकुदको विकास गर्नका लागि राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले गैडहवा पाँचौ रनिङशिल्ड प्रतियोगिता आयोजना गरिएको पौडेलले बताए ।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष बच्चुलाल केवट, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, वडा नम्बर ५ का अध्यक्ष विजय शर्मा, ९ का अध्यक्ष भुवन बहादुर राना, नेपाली कांग्रेसका नेता वसिउल्लाह मुसलमान, नेकपा एमालेका रामचन्द्र यादव, जनमत पार्टीका रामदेव यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का रामकिसुन नायक, माधवलाल पौडेललगायतले पनि बोलेका थिए । 

    गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख माधवराज पौडेलको अध्यक्षतामा शुभारम्भ भएको प्रतियोगितामा पाँचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८० सञ्चालन उपसमितिका संयोजक तथा जिवनज्योती माध्यमिक जिद्यालयका प्रधानाध्यापक अमरजित यादवले प्रतियोगिताको औचित्यताबारे प्रकाश पारेका थिए ।
    सूर्यपुरा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामजी आचार्यको स्वागत तथा जनकल्याण माविका प्रधानाध्यापक संजय कुमार यादवको सञ्चालनमा भएको कार्यक्रमको उद्घाटन सत्रमा विद्यार्थीहरुको मार्चपास तथा विभिन्न साँस्कृतिक प्रस्तुति रहेको थियो ।

    गैडहवा गाउँपालिका वडा नम्बर ८ को खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा २३० पदकका लागि निजी र संस्थागत गरी ३७ विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाउनेको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० सञ्चालन उपसमितिका संयोजक अमरजित यादवले जानकारी दिए ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij